राष्ट्रपति र एमालेलाई कांग्रेसले दियो ‘बटमलाईन’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी नगर्दासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.कोइरालाले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश जारी भएपछि प्रधानमन्त्री देउवाको राजीनामा आउने बताए । ‘राष्ट्रपतिले अध्यादेश कि जारी गर्नु पर्यो । होइन भने फिर्ता गर्नु पर्यो’, उनले भने, ‘संवैधानिक राष्ट्रपतिले संविधान विपरित अध्यादेश रोकेर राख्न मिल्दैन ।’
एमालेले राष्ट्रपतिलाई अनावश्यक रुपमा विवादमा ल्याउने कार्य गरिरहेको कांग्रेस नेता डा.कोइरालाले बताए । ‘एमालेले राष्ट्रपतिलाई उचाल्नु भएन’, उनले भने, ‘अध्यादेश जारी गर्नुको विकल्प राष्ट्रपतिसँग छैन ।’
राष्ट्रपतिले अध्यादेश रोकेर राखेकै कारण नयाँ सरकार बनाउन ढिलाइ भइरहेको डा.कोइरालाको भनाइ थियो । ‘कांग्रेसका कारण नयाँ सरकार बनाउन ढिलाइ भएको होइन’, उनले भने, ‘राष्ट्रपतिले अध्यादेश रोकेर राखेपछि सबै प्रक्रिया अवरुद्ध भएको छ ।’
एमालेका नेता तथा चितवन जिल्ला कमिटीका अध्यक्ष कृष्णभक्त पोखरेलले राष्ट्रपतिले अध्यादेश जारी गर्न नहुने बताए । उनले भने, ‘राजनीतिक सहमति विना अध्यादेश जारी गर्नु हुँदैन ।’ पोखरेलले प्रधानमन्त्री देउवाले राजीनामा दिएर नयाँ सरकार बनाउने बाटो खोल्नुपर्ने बताए ।
1 प्रतिकृया प्राप्त “राष्ट्रपति र एमालेलाई कांग्रेसले दियो ‘बटमलाईन’”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
good