फेसबुकको शाखा कार्यालय लन्डनमा

लन्डन । अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो शाखा कार्यालय  सोमबार खुलेको छ ।

लन्डन शाखामा फेसबुकले विभिन्न पदमा गरी ८०० कर्मचारीहरुको माग गरेको छ । उक्त संख्यामा विशेष गरी इन्जिनियरको माग  बढी गरिएको  छ ।

फेसबुकले आफ्नो  व्यवसायिक रुपमा लन्डनलाई एक महत्वपूर्ण क्षेत्रका रुपमा छनौट गरेको हो । पछिल्लो समय अत्यधिक नाफा कमाउन सफल व्यवसायिक संस्थाका रुपमा फेसबुक कम्पनीले आफुलाई स्थापित गराउन सफल भएको छ ।

मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक कम्पनीको स्थापना गरेका थिए । हाल विश्वका करिब एक चौथाई मानिसले फेसबुक चलाउँछन् । फेसबुक कम्पनीको आम्दानी ७१ प्रतिशतले बढेको छ ।

गत वर्ष भएको नाफा रकममा फेसबुक कम्पनीले ४९ प्रतिशत आम्दानी बढाएको छ । फेसबुकले अत्याधिक नाफा विज्ञापनबाट कमाउने गरेको छ । – एजेन्सी

Published : Sunday, 2017 December 17, 8:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया