प्रचण्डले लाजिम्पाट छाडे, अब कहाँ बस्छन् ?
काठमाडौं । पुत्र प्रकाश दाहालको निध भएको घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नबस्ने भएका छन् ।
प्रचण्ड अब ललितपुरको खुमलटारस्थित एक घरमा सरेका हुन् । लाजिम्पाटमा भाडाको घरमा बस्दै आएका दाहाल स–परिवार खुमलटार सरेका हुन् ।
खुमलटारको नयाँ घरमा केही सामान पनि सार्न सुरु गरिएको छ । प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले पनि खुमलटार सरेको स्वीकार गरेका छन् ।
खुमलटारमा भनेजस्तो घर भेटिएकाले केही सामान सारिएको महराले बताए । खुमलटार सर्न केही समय लाग्ने उनले बताए ।
खुमलटारमा दाहालले सर्न लागेको घर कसको हो र उनले कति भाडा तिर्ने हुन् भन्नेबारे केही खुलाइएको छैन ।
प्रचण्ड लाजिम्पाटस्थित निवासमा झण्डै पाँच वर्ष बसेका छन् । सोही घरमा पुत्र प्रकाशको मृत्यु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत