मध्यविन्दुमा कांग्रेस र वाम गठबन्धनबीच झडप, ६ जना घाइते

कावासोती । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।
मंगलबार राति भएको झडपमा दुवै तर्फका कार्यकर्ता भएका छन् । झडपमा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् ।
एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् ।
घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ ।
भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ ।
एमालेका घाइते कार्यकर्ताहरुको मध्यविन्दु अस्पताल डण्डामा उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको एमाले नवलपुरले जनाएको छ ।
नवलपुर प्रहरी प्रमुख दीपेन्द्र जिसीका अनुसार दुई पक्षबीच झडप भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय नवलपुर र चोरमाराबाट सशस्त्र प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिएका थिए ।
नवलपुरमा प्रहरीले थप झडप हुन नदिन गस्ती बढाएको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
यसमा तपाइको मत