कांग्रेस पहिलो पार्टी बन्छ, चिन्ता गर्नुपर्दैनः कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफ्नो दल कांग्रेस नै सबैभन्दा ठूलो दल हुने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र वियोगमा परेपछि उनलाई समवेदना दिन निर्वाचन प्रचार छाडेर काठमाडौं आइपुगेका सिटौलाले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै आशन्न निर्वाचनमा पनि कांग्रेस नै पहिलो दल बन्ने दाबी गरेका हुन्।
‘मेरो मुल्याङ्कनमा नेपाली जनता धेरै लामो संघर्ष, क्रान्ति र परिवर्तनबाट जुन परिवर्तन आयो, त्यसको पक्षमा देखिएका छन्,’ सिटौलाले पत्रकारहरुसँग भने, ‘२००७साल देखि संविधान जारी गर्नेसम्मको नेतृत्व कांग्रेसले गरेकाले यसको कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसलाई ठूलो दल बनाएर जनताले दिनेछन् । नेपालको राजनीतिमा एउटा सकारात्मक पक्ष यही हो ।’
संविधानसभाबाट नयाँ संविधान जारीपछिको रुपान्तरीत परिस्थीतिमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुन गइरहेको जनाउँदै सिटौलाले आशन्न चुनावले परिर्वतनलाई संस्थागत गर्ने बताए । देशभरी बाम गठबन्धन भएपनि झापा–३मा उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देललाई समर्थन गरेकोतर्फ संकेत गर्दै सिटौलाले झापाका जनता परिर्वतनको पक्षमा उभिने दाबी गरे ।
‘अझै पनि राजा चाहिन्छ भन्ने केही त्तवहरु सक्रिय भइरहेका छन् । उनीहरुलाई निर्वाचनमार्फत संधैका लागि बिदा गर्नुपर्छ,’ सिटौलाले भने, ‘झापा ३ का मतदाता जसले हिजो जो सुकैलाई मतदान गर्ने किन नहोस, आजका दिनमा परिवर्तनका पक्षमा जनआन्दोलनको पक्षमा सोही अनुकुल नेपालको भावनालाई अघि बढाउनु पर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत