कांग्रेसका उम्मेदवार कार्कीको गाडीमा बम विष्फोट

वीरगञ्ज । बारा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारको गाडीलाई लक्षित गरेर बम विष्फोट भएको छ ।
जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरामा सोमबार बिहान बम विष्फोट भएको हो । गाडी पार्किङमा रहेको थियो । बा १४ च ६३३० नं.को गाडी रहेकै स्थानमा वम विष्ट गराइएको थियो ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार ओमकृष्ण कार्की चढ्ने स्कारपियो गाडीलाई लक्षित गरी अपरिचति समूहले कुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट गाडीमा क्षति पुगेको छ । विस्फोट गराउने समहूबारे खुल्न सकेको छैन । विष्फोटबाट मानवीय क्षति भएको छैन ।
Published : Monday, 2017 November 20, 9:02 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत