तेस्रो सातादेखि सरकारले बर्दियाबाट भूमिहीनलाई जग्गा वितरण गर्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभाव रावलले असारको तेस्रो साताबाट भूमिहीन नागरिकहरूलाई जग्गा वितरण गर्ने बताएकी छिन् ।

बुधबार मन्त्री रावलले सामाजिक सञ्जालमार्फत बर्दिया जिल्लाबाट भूमिहीनहरूलाई जग्गा वितरण गरिने बताइन् । उनले बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुर लगायतका जिल्लाहरूका भूमिहीनहरूलाई जग्गा वितरणको तयारी गरिएको बताइन् ।

‘सरकारले असारको तेस्रो साताबाट भूमिहिन नागरिकलाई जग्गा वितरण गर्ने भएको छ,’ मन्त्री रावलले भनेकी छिन्, ‘असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्ने तयारी गरिएको हो ।’

‘भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगत संकलन भइसकेका जिल्लामा जग्गा वितरण गर्न लागेको हो,’ उनले भनिन्, ‘बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुर लगायत जिल्लामा जग्गा वितरण गर्ने तयारी छ ।’

राजनीतिक दलहरूले झण्ड ३०/४० वर्षसम्म गर्न नसकेको काम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले तीन महिनामा गर्न लागेको छ । झण्डै दुईतिहाइ बहुमत पाएको रास्वपाले भूमिहीनहरूलाई जग्गा दिएपछि केही हदसम्म भूमिहीनहरूको समस्या समाधान हुनेछ ।

Published : Wednesday, 2026 June 24, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया