भरतपुरमा रास्वपाका मन्त्री र सांसदहरू, संसद बैठक प्रभावित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ ।
बिहीबारका लागि बोलाइएको संसदको बैठक रास्वपाको महाधिवेशनका कारण शुक्रबारसम्मका लागि सारिएको छ । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने कार्यक्रम थियो । संसद सचिवालयले बुधबार सूचनामार्फत शुक्रबार दिउँसो १ बजेका लागि संसदको बैठक सारिएको जनाएको छ ।
राष्ट्रिय सभाको बैठक पनि बिहीबार १ बजेबाट शुक्रबार सवा १ बजेका लागि सारिएको छ । रास्वपाका सांसद र मन्त्रीहरू महाधिवेशनका लागि चितवनको भरतपुरमा छन् । उनीहरू नआउँदासम्म संसदको बैठक प्रभावित हुनेछ ।
सभामुख डोलप्रसाद अर्यालले विशेष कारण देखाउँदै शुक्रबार १ बजेका लागि बैठकको मिति र समय निर्धारण गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गरेका छन् ।
विनियोजन विधेयक बजेट प्रतिनिधि सभाबाट पारित भए पनि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्न बाँकी छ । सरकारले ल्याएका अध्यादेशहरूको प्रतिस्थापन विधेयक पनि आउँदो २० दिनभित्रै पारित गर्नुपर्नेछ ।
सरकारले प्रतिनिधि सभाको अधिवेशन सुरू भएको साठी दिनभित्र संघीय संसदबाट अध्यादेशको प्रतिस्थापन विधेयक पारित गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया