नयाँ सदस्यता वितरण गर्न कांग्रेसद्वारा सबै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटायो

काठमाडौं । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू तोकेर खटाको छ ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपाबाट जारी प्रेस विज्ञप्तिअनुसार पार्टीको १५औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित प्रतिनिधि खटाइएको विज्ञप्तिमा उल्लेख छ । तोकिएका केन्द्रीय प्रतिनिधिहरूले २०८३ साल असार ७ गतेदेखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नेछन् ।

अछाममा जगतप्रसाद जोशी, बझाङमा विजयबहादुर स्वार, बाजुरामा गणेशराज भट्ट, डोटीमा हिमबहादुर रावल, डडेलधुरामा सम्झना खत्री, दार्चुलामा सन्तोषी साउँद ऐरी, बैतडीमा सुशीला मिश्र भट्ट, कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडू, कैलालीमा मधु आचार्य केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएका छन् ।

हुम्लामा सूर्यबहादुर वि.क., जुम्लामा तपेन खडका, मुगुमा युबराज पाण्डे, कालीकोटमा कमलराज रेग्मी, डोल्पामा बलदेव तिमिल्सिना, दैलेखमा तीर्थजंग शाही, सुर्खेतमा लेखनाथ पोख्रेल, सल्यानमा केशवराज आचार्य, रुकुम पश्चिममा नारायण कोइराला, जाजरकोटमा छाया सुनारलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको विज्ञप्तिमा उल्लेख छ ।

रुकुम पूर्वमा भीम श्रीष, रोल्पामा किरणकिशोर घिमिरे, प्यूठानमा टेकराज पौडेल, दाङमा राधेश्याम पाठक, बाँकेमा महेन्द्र शर्मा, बर्दियामा सुरेन्द्रप्रसाद चौधरी, अर्घाखाँचीमा राजेन्द्रगोपाल सिंह, गुल्मीमा हरि आचार्य, पाल्पामा मुना भुसाल, रुपन्देहीमा नारायणप्रसाद भट्टराई, कपिलवस्तुमा प्रदीपराज शर्मा, नवलपरासीमा केशवप्रसाद निरौलालाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ ।

गोरखामा तिलक रानाभाट, लमजुङमा कृष्णबहादुर के.सी., तनहुँमा कुशुमदेवी थापा मगर, मनाङमा मनकुमारी गुरुङ, मुस्ताङमा जगदीश उपाध्याय, म्याग्दीमा छन्दबहादुर पहराई, बाग्लुङमा जीतनारायण श्रेष्ठ, पर्वतमा रेशमबहादुर बानियाँ, कास्कीमा विष्णुदेवी पाण्डे, स्याङजामा दीपक भट्टराई, नवलपुरमा गोपाल दहितलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको कांग्रेसले जनाएको छ ।

दोलखामा ओम घर्ती मगर, रामेछापमा सीता मिजार, सिन्धुलीमा डा.मुकेश काफ्ले, काभ्रेमा शिव सुनार, सिन्धुपाल्चोकमा इच्छ राना, काठमाडौंमा उदयशम्शेर राणा, ललितपुरमा मनोजमणि आचार्य, भक्तपुरमा राजेन्द्रकुमार के.सी., रसुवामा ईश्वर अधिकारी, नुवाकोटमा वंशलाल तामाङ, धादिङमा सुशील भट्ट, चितवनमा डा. केदार नरसिंह के.सी., मकवनपुरमा बद्रीप्रसाद अर्याललाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको कांग्रेसले जनाएको छ ।

सप्तरीमा रामपल्टन साह, सिरहामा रामकुमार यादव, धनुषामा सुबासकुमार पोख्रेल, महोत्तरीमा शम्भुलाल श्रेष्ठ, सर्लाहीमा अनिलकुमार झा, रौतहटमा प्रमोदहरि गुरागाई, बारामा मथुराप्रसाद घिमिरे, पर्सामा उज्वलप्रसाद बराललाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ ।

ताप्लेजङमा हिमालय कर्माचार्य, पाँचथरमा उमा शिवाकोटी, ईलाममा यदु विष्ट, झापामा राजीव कोइराला, मोरङमा सुधीरकुमार शिवाकोटी, सुनसरीमा कुमार लुइटेल, धनकुटामा नगेन्द्र कुमाल, उदयपुरमा दिनेशकुमार यादब, भोजपुरमा दिपनकुमार श्रेष्ठ, तेह्रथुममा मेदिनीप्रसाद सिटौला, संखुवासभामा रूद्र कन्दङ्वा, सोलुखुम्बुमा लक्ष्मी परियार, खोटाङमा दीपक अधिकारी र ओखलढुङ्गामाआङ्गेलु शेर्पालाई नयाँ क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लाका लागि देहाय बमोजिम केन्द्रीय प्रतिनिधि तोकिएको छ।

नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिहरूले २०८३ साल असार ७ गतेदेखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुहुनेछ।

क्र.स.खटिएको जिल्लाप्रदेशनामकैफियत
अछामसुदूरपश्चिमजगत प्रसाद जोशीके.स
बझाङसुदूरपश्चिमबिजय बहादुर स्वारके.स
बाजुरासुदूरपश्चिमगणेशराज भट्टदार्चुला
डोटीसुदूरपश्चिमहिम बहादुर  रावलके.स
डडेलधुरासुदूरपश्चिमसम्झना खत्रीके.स
दार्चुलासुदूरपश्चिमसन्तोषी साउँद ऐरीके.स
बैतडीसुदूरपश्चिमशुसीला मिश्र भट्टके.स
कञ्चनपुरसुदूरपश्चिमदिलेन्द्र प्रसाद बडूके.स
कैलालीसुदूरपश्चिममधु आचार्यके.स
१०हुम्लाकर्णालीसूर्यबहादुर वि.क.के.स
११जुम्लाकर्णालीतपेन खडकाअछाम
१२मुगुकर्णालीयुबराज पाण्डेस्याङ्जा
१३कालिकोटकर्णालीकमलराज रेग्मीके.स
१४डोल्पाकर्णालीबलदेव तिमिल्सिनासिन्धुपाल्चोक
१५दैलेखकर्णालीतीर्थजंग शाहीके.स
१६सुर्खतकर्णालीलेखनाथ पोख्रेलअर्घाखाँची
१७सल्यानकर्णालीकेशवराज आचार्यके.स
१८रुकुम पश्चिमकर्णालीनारायण कोइराला सुर्खेत
१९जाजरकोटकर्णालीछाया सुनारके.स
२०रुकुमलुम्बिनिभिम श्रीषके.स
२१रोल्पालुम्बिनिकिरण किशोर घिमिरेदाङ
२२प्युठानलुम्बिनिटेकराज पौडेलके.स
२३दाङलुम्बिनिराधेश्याम पाठकके.स
२४बाकेलुम्बिनिमहेन्द्र शर्मावर्दिया
२५बर्दियालुम्बिनिसुरेन्द्र प्रसाद चौधरीके.स
२६अर्घाखाचीलुम्बिनिराजेन्द्रगोपाल सिंहके.स
२७गुल्मीलुम्बिनिहरि आचार्य बाग्लुङ
२८पाल्पालुम्बिनिमुना भुसालके.स
२९रुपन्देहीलुम्बिनिनारायण प्रसाद भट्टराईके.स
३०कपिलबस्तुलुम्बिनिप्रदीपराज शर्माके.स
३१पराशीलुम्बिनिकेशव प्रसाद निरौलामोरङ
३२गोरखागण्डकीतिलक रानाभाटके.स
३३लमजुङगण्डकीकृष्ण बहादुर के.सी.के.स
३४तनहुगण्डकीकुशुमदेवी थापा मगरके.स
३५मनाङगण्डकीमन कुमारी  गुरुङके.स
३६मुस्ताङगण्डकीजगदिश उपाध्यायके.स
३७म्याग्दीगण्डकीछन्दबहादुर पहराईके.स
३८बाग्लुङगण्डकीजित नारायण श्रेष्ठके.स
३९पर्बतगण्डकीरेसम बहादुर बानियाके.स
४०कास्कीगण्डकीविष्णुदेवी पाण्डेके.स
४१स्याङजागण्डकीदिपक भट्टराईतनहुँ
४२नवलपुरगण्डकीडा. गोपाल दहितके.स
४३दोलखाबाग्मतीओम घर्ती मगरनेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ
४४रामेछापबाग्मतीसिता मिजारके.स
४५सिन्धुलीबाग्मतीडा. मुकेश काफ्लेसर्लाही
४६काभ्रेबाग्मतीशिब सुनारके.स
४७सिन्धुपाल्चोकबाग्मतीइच्छृ रानाअध्यक्ष, नेपाल राष्ट्रिय मगर संघ
४८काठमान्डौंबाग्मतीउदय शमसेर राणासह-महामन्त्री
४९ललितपुरबाग्मतीमनोजमणि आचार्यरोल्पा
५०भक्तपुरबाग्मतीराजेन्द्रकुमार के.सी.के.स
५१रसुवाबाग्मतीईश्वर अधिकारीधादिङ
५२नुवाकोटबाग्मतीवंशलाल तामाङसिन्धुपाल्चोक
५३धादिङबाग्मतीसुशील भट्टकाठमाडौं
५४चितवनबाग्मतीडा. केदार नरसिंह के.सीके.स
५५मकवनपुरबाग्मतीबद्रीप्रसाद अर्यालधादिङ
५६सप्तरीमधेशरामपल्टन साहके.स
५७सिरहामधेशरामकुमार यादवसप्तरी
५८धनुषामधेशसुबास कुमार पोख्रेलके.स
५९महोत्तरीमधेशशम्भुलाल श्रेष्ठके.स
६०सर्लाहीमधेशअनिलकुमार झाके.स
६१रौतहटमधेशप्रमोदहरि गुरागाईके.स
६२बारामधेशमथुरा प्रसाद घिमिरेके.स
६३पर्शामधेशउज्वल प्रसाद बरालके.स
६४ताप्लेजङकोशीहिमालय कर्माचार्यके.स
६५पाचथरकोशीउमा शिवाकोटीके.स
६६ईलामकोशीयदु विष्टमोरङ
६७झापाकोशीराजीव कोइरालाके.स
६८मोरङकोशीसुधीरकुमार शिवाकोटीके.स
६९सुनसरीकोशीकुमार लुइटेलओखलढुंगा
७०धनकुटाकोशीनगेन्द्र कुमालके.स
७१उदयपुरकोशीदिनेश कुमार यादबके.स
७२भोजपुरकोशीदिपन कुमार श्रेष्ठके.स
७३तेह्रथुमकोशीमेदिनीप्रसाद सिटौलाझापा
७४संखुवासभाकोशीरूद्र कन्दङ्वातेह्रथुम
७५सोलुखुम्बुकोशीलक्ष्मि परियारके.स
७६खोटाङकोशीदिपक अधिकारीसर्लाही
७७ओखलढुङ्गाकोशीआङ्गेलु शेर्पाके.स

जय नेपाल !

Published : Wednesday, 2026 June 24, 3:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया