प्रकाशको निधनबाट भारत दुखी, सुष्माले दिइन श्रद्धाञ्जलि

काठमाडौं । भारतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको निधन भएकोमा श्रद्धाञ्जलि दिएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आइतबार ट्वीट गर्दै प्रचण्डका छोरा प्रकाशको निधनको खबरले दुःख पुर्याएको बताएकी हुन् । उनले भनेकी छिन्, ‘पुष्पकमल दाहाल प्रचण्डलाई पुत्र शोक परेकोमा हामी मर्माहित भएका छौँ । साथै प्रकाशप्रति श्रद्धाञ्जलि दिन चाहन्छौँ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाशको आइतबार राति लाजिम्पाटस्थित निवासमा मृत्यु भएको थियो । तर, नर्भिक अस्पतालले बिहान ६ बजे मात्रै मृत्यु भएको घोषणा गरेको थियो ।
Published : Sunday, 2017 November 19, 3:56 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत