कम्युनिष्टहरूको किल्लामा पौडेल र डा.कोइरालाले सम्बोधन गर्ने

बेशीसहर । लमजुङको सदरमुकाम बेशीसहरमा मंसिर २ गते शनिवार लोकतान्त्रिक गठबन्धनको आयोजनामा वृहत् आमसभा हुने भएको छ ।
आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले पनि संबोधन गर्ने छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा परेको लमजुङ्को चुनावी प्रचारलाई उत्कर्षमा पुगाउन फूलबारी मञ्च बेशीशहरमा आयोजना गरिने आमसभालाई नेपाली कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिकका जिल्लास्तरीय नेताहरूले पनि संबोधन गर्ने कार्यक्रम रहेको छ ।
आमसभालाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइरालाका अतिरिक्त प्रतिनिधि सभा लमजुङका उम्मेद्वार दिलबहादुर घर्ती, प्रदेश नं ‘क’ का उम्मेद्वार गर्जबहादुर गुरुङ, प्रदेश ‘ख’का उम्मेद्वार कृष्णप्रसाद कोइराला लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
लोकतान्त्रिक गठबन्धनका दलले यतिवेला चुनावी अभियानलाई तिब्र बनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत