कांग्रेसका ‘बागी’ अर्याललाई ठाउँको ठाउँ कारबाही

कपिलवस्तु । कपिलवस्तु जिल्लामा नेपाली कांग्रेसका आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका राजुप्रसाद अर्याललाई कांग्रेसले कारवाही गरेको छ ।
प्रतिनिधि सभा २ को प्रदेशसभा ‘२’ बाट आधिकारिक उम्मेदवार सुधाकर पाण्डेयविरुद्ध अर्यालले बागी उम्मेदवारी दिएका थिए । उनलाई कपिलवस्तु कांग्रेसले कारबाही गरेको छ ।
नेपाली कांगेस क्षेत्र नं ३ का सभापति गिरिजेशकुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकले अर्यालका प्रस्तावक सन्तोष हमाल र समर्थक दिनेश हमाललाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।
क्षेत्रीय समितिको कारबाही सिफारिससँगै अर्याल र उनका प्रस्ताव तथा समर्थक निलम्बनमा परेका छन् ।
Published : Wednesday, 2017 November 15, 10:58 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत