‘प्रचण्ड’ कांग्रेसको शरणमा, विश्वास लाग्न छाड्यो एमालेप्रति
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पराजित मानसिकताबाट गिज्रिरेहका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधी सभामा उम्मेदवारी दिएका प्रचण्ड निर्वाचन क्षेत्र छाडेर बाहिर जान चाहँदैन ।
विगत एक हप्तादेखि ३ नं. क्षेत्रमा दाइमारेर बसेका प्रचण्डले कांग्रेस र कांग्रेसका नेताहरूको नाम जप्न थालेका छन् । कांग्रेसको नाम भजाएर भोट मागिरहेका छन् । किन भने प्रचण्डलाई एक्लैले निर्वाचन जित्छु भन्ने हुति छैन । एमालेप्रति पनि प्रचण्डलाई विश्वास लाग्न छाडेको छ । त्यही भएर उनले कांग्रेसका नेताहरूको नाम चुनावी कार्यक्रमहरूमा लिन थालेका हुन् ।
नेपाली कांग्रेससँगको सहकार्य तोडेर नेकपा (एमाले)सँग पोइल गएका प्रचण्डलाई अहिले आएर बल्ल कांग्रेसका नेता विपी कोइराला, गिरिजाप्रसाद कोइरालाहरूको स्मरण हुन थालेको छ । चितवनमा नेपाली कांग्रेसको दब्दवा छ । अब प्रच्ण्डले कुनै दिन कांग्रेस सभापति शेरबहादुर देउवासँग मलाई पराजय हुनबाट जोगाइदिनुस् भन्न बेर छैन ।
प्रचण्ड एमालेसँग पोइल गएपनि कांग्रेसको सरकारमा टाँसिएर बसिरहेका छन् । त्यति मात्रै होइन आफ्ना विनाविभागीय मन्त्रीहरूमार्फत सेवा र सुविधा पनि लिइरहेका छन् ।
चितवन क्षेत्र नं. ३ मा निकै बलिया राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार बिक्रम पाण्डेसँग प्रचण्डलाई डर लाग्न थालेको छ । त्यही भएर कांग्रेस र कांग्रेसका नेताहरूको नाम भजाइ रहेका छन् ।
कांग्रेसलाई हराउन प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग सहकार्य गर्ने अनि जित्नका लागि त्यही कांग्रेसका नेताहरूको नाम लिएर ‘हलो’मा कांग्रेसले मतदान गरे विपी र गिरिजाप्रसाद कोइरालाको अपमान हुने भनिरहेका छन् । तर, उनले के भुले भने कांग्रेसलाई हराउन एमालेसँग साँठगाँठ गरेको बिर्सिएका छन् । देशैभरि कांग्रेसलाई हराउन एमाले र केपी ओलीसँग गठजोड गरिरहेका छन् । कांग्रेसका देशभरिका नेता तथा कार्यकर्ताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको धोका तत्काल भुल्ने पक्षमा छैनन् ।
चितवन क्षेत्र नं. ३ मा निकै बलिया राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार बिक्रम पाण्डेसँग प्रचण्डलाई डर लाग्न थालेको छ । त्यही भएर कांग्रेस र कांग्रेसका नेताहरूको नाम भजाइ रहेका छन् ।
चितवनमा बाँदरमुडे नरसंहारका नाइके प्रचण्डले अहिलेसम्म त्यो हत्याकाण्डको स्पष्ट जवाफ दिन सकेका छैनन् । बाँदरमुडे नरसंहारका पीडितहरूसँग नजर उठाएर कुरा गर्न सक्दैनन् । यस्तो अवस्थामा प्रचण्डलाई निर्वाचनमा डर लाग्नु स्वभाविक पनि हो ।
यसअघि काठमाडौं क्षेत्र नं. १० मा नेपाली कांग्रेसका राजन केसीसँग नराम्रो हार व्यहोरीसकेका प्रचण्डलाई बिक्रम पाण्डेले पुनः अर्को पराजयका माला पहिराइदिने धेरैले अनुमान गर्न थालेका छन् । प्रचण्डका पछिल्ला अभिव्यक्तिले त्यो आभास दिन थालेको छ । चितवन क्षेत्र नं. ३ का मतदाताहरूलाई प्रचण्डले भन्दा पनि बिक्रम पाण्डेले जित्दा भविष्यमा काम लिन सहज हुनेछ । किन भने प्रचण्डसँग ती मतदाताहरूको सहज पहुँच हुने छैन । तर, पाण्डेलाई उनीहरूले सजिलै भेटेर काम गराउन सक्ने छन् ।
एमालेका नेता देवी ज्ञवालीलाई किनेर आफ्नो पछाडि–पछाडि हिँडाइ रहेका प्रचण्डले बिक्रम पाण्डेलाई पैसा बाँडेको फजुल आरोप लगाइ रहेका छन् । बरु पैसा बिक्रम पाण्डेले होइन प्रचण्डले बाँड्न थालेको त्यस क्षेत्रका मतदाताहरूले बताउनु थालेका छन् ।
2 प्रतिकृया प्राप्त “‘प्रचण्ड’ कांग्रेसको शरणमा, विश्वास लाग्न छाड्यो एमालेप्रति”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

hawa news dena 6odenus hajur chitwan ma prachanda lai harauna koi maikalal 6ina
Congress samarthak ko news jasto lagyo