ओखलढुंगा कांग्रेसले कब्जा गर्दै, खतिवडाले बनाए माहोल

ओलखढुंगा । प्रतिनिधी सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले गाउँगाउँमा पुगेर आफ्नो पक्षमा मतदान गर्न मतदाताहरूसँग आग्रह गरेका छन् ।

दुई हप्तादेखि निरन्तर उनी मतदाताहरूका बीचमा छन् । ओखलढुंगामा कांग्रेस नेता खतिवडा लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।

ओखलढुंगामा कसले जित्छ भनेर सोधिएको प्रश्नको जवाफमा कांग्रेस नेता खतिवडाले भने, ‘कांग्रेसको पक्षमा जनलहर आएको छ । कम्युनिष्टहरू विरुद्ध ओखलढुंगाका जनता छन् । कांग्रेसका उम्मेदवारहरूले जित्ने पक्का छ ।’

ओखलढुंगाका अधिकांश दुर्गम गाउँमा खतिवडाको समूह प्रचार प्रसारका लागि पुगिसकेको छ । उनले भने, ‘मतदाताको घरघरमा पुगेका छौँ । टोलटोलमा पुगेर कार्यक्रम गरिएको छ । भोट मागेका छौँ । सबैले जित्ने आर्शीवाद दिएका छन् ।’

कांग्रेसको पक्षमा एकाएक ओखलढुंगामा माहोल बढेपछि कम्युनिष्टहरूका तर्फबाट उम्मेदवार बनेकाहरू आत्तिएका छन् ।

Published : Monday, 2017 November 13, 9:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया