केपी ओलीद्वारा भारतको खुलेर प्रशंसा, आउने भयो सहयोग

विर्तामोड । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले नाकाबन्दीका बेला विग्रिएको सम्बन्ध उसै बेला आफूले सुधार गरेको दाबी गरेका छन् ।

गृहजिल्ला झापामा शनिबार निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले असहज परिस्थितिका बाबजुद आफू भारत भ्रमणमा गए राम्रा–राम्रा सम्झौता गरेको बताए ।

‘नाकाबन्दी जस्तो असहज परिस्थितिमा पनि म कसैसँग झुकेन । सबै कुरा मिलाएर म भारत भ्रमणमा गएँ । बिशखापटमन जस्तो राम्रो बन्दरगाहबाट पारवहन गर्ने सम्झौँता गरे’, उनले भने, ‘कहिले काहीँ असमझदार हुने गरेको मात्रै हो ।’

नेपालमा भारतले दिने सहयोगहरू फेरि पनि सुचारु गराउने गरेर सहमति गरेको दाबी गरेका ओलीले भारत नेपालका दुश्मन नरहेको बताए । ‘बेलाबेला भारत भौतारिन्छ’, उनले भने, ‘तर, भारतलाई पनि मैले तह लगाएर सहमतिमा ल्याएँ ।’

लामो समयपछि भारतको प्रशंसा गरेका ओलीले चीनसँग पनि रेल ल्याउने सम्झौता आफूले नै गरेको बताए । ‘भारत र चीनलाई ठीक ठाउँमा राख्ने कुरा ठूलो हो’, उनले भने, ‘कम्युनिष्टहरूको सरकार आयो भने भारतले समर्थन र सहयोग गर्छ । म ढुक्क छु ।’

Published : Sunday, 2017 November 12, 9:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया