सत्र हजार जनताको हत्या गर्ने माओवादीलाई दाङले चिन्नुपर्छ : कांग्रेस

घोराही । नेपाली कांग्रेस दाङका नेताहरूले विकास गर्ने बेला दुलाभित्र लुकेर बस्ने निर्वाचनका बेला आलोचना मात्रै गर्ने कम्युनिष्टहरूको चर्तिकलाको सबैलाई जानकारी रहेको बताएका छन् ।

चुनावी कार्यक्रम अन्तर्गत दाङ क्षेत्र नं. २ का विभिन्न स्थानमा भएका कोणसभाहरूलाई सम्बोधन गर्दै कांग्रेसका नेताहरूले सत्र हजार सर्वसाधारणको रगतले भिजेको हात लिएर माओवादी केन्द्रका नेताहरू एमालेको बैशाखी टेकेर अधिनायकवादको पक्षमा सक्रिय भएको आरोप लगाएका छन् ।

मानपुरमा शनिबार आयोजित निर्वाचन प्रशिक्षण एवं कार्यकर्ता भेलामा कांग्रेस अगुवाहरूले माओवादीका नेताहरूको हात १७ हजार सर्वसाधारको रगतले रंगिएको बताए ।

दाङ क्षेत्र नं. २ मा कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजु खनाल, प्रदेश उम्मेदवार भरत न्यौपाने, समानुपातिकका उम्मेदवारहरू शंकर गिरी, सावित्रा राना, कांग्रेस क्षेत्रीय सभापति भुपबहादुर डाँगी, नेपाली कांग्रेसका पूर्वसभापति वीरकेशरी गौतम लगायतका नेताहरूले रगतले मुछिएको माओवादीको हातलाई एमालेले साथ दिएको बताए ।

निवर्तमान सांसद अनिता देवकोटाले सत्र हजारको रगत बगाउन एमाओवादीफेरि द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाइन् । ‘कांग्रेस शान्ति चाहन्छ, माओवादी र एमाले अशान्ति चाहन्छन’, उनले भनिन्, ‘कांग्रेसमा भावनात्मक एकता भैसकेको छ । कम्युनिष्टहरूको कुनै पनि योजना परास्ट गर्ने छौँ ।’

कांग्रेस उम्मेदवार राजु खनालले अबको लडाइँ लोकतन्त्र र अधिनायकवादको भएको बताए । ‘हाम्रो लडाइँ व्यक्तिगत होइन । यो लडाइँ लोकतन्त्र रोज्ने वा कम्युनिष्टहरूको अधिनायकवाद रोज्ने भन्ने हो । मंसिर १० र २१ गते त्यसकै जनमत हुन लागेको हो ।’

कांग्रेस उम्मेदवारहरूव समक्ष फोर्टिनाइन झिंगैमा रहेको उजाड बस्तीका स्थानीयले खानेपानीको समस्या रहेको गुनासो राखेका छन् । कांग्रेस उम्मेदवार खनालले खानेपानी समस्या आफूले जिते पनि नजिते पनि हटाइदिने आश्वासन दिए ।

Published : Saturday, 2017 November 11, 8:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया