देउवाले जनताको पक्षमा काम गरेपछि एमालेको ‘सातो’ गयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिव जनताको पक्षमा गरेको निर्णयले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूलाई समस्या परेको छ ।

एमालेका कार्यकर्ताहरूले सामाजिक सञ्जालहरूमा प्रधानमन्त्री देउवाले गरेको राम्रो कामको विरोध गरिरहेका छन् । उनीहरू प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसविरुद्ध छन्नभाँती भनिरहेका छन् ।

एमालेका कार्यकर्ता सुनिल चिमरियाले प्रधानमन्त्री देउवालाई अपशब्द प्रयोग गरेर सामाजिक सञ्जाल रंगाएका छन् । उनले डा.गोविन्द पोखरेललाई तस्कर तथा माफियाका हेडमास्टर भनेर आलोचना गरेका छन् ।

‘के गरे प्रधानमन्त्रीले ? माफियाको हेडमास्टर डा.गोविन्द केसीलाई बनाएर सर्वसाधरण विद्यार्थीले मेडिकल शिक्षा पढ्न पाउने मेडिकल कलेज खोल्न छोडेर पुरानाले लुटतन्त्र मचाउने मात्र कुरा जायज हुनसक्छ ?’, उनले स्ट्याटसमा लेखेका छन्, ‘कम शुल्कमा पढाउँछु भन्नेलाई स्वीकृत नदिनु अझ खोल्ने बाटै बन्द गराउनु चाहीँ जायज ? यो सब मेडिकल माफियाको चलखेल हो र डा गोविन्द केसी ती माफियाका नाइके हुन ।’

एमालेलेका नेताहरू माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, ईश्वर पोख्रेलसहितका नेताहरूको लगानी रहेको मनमोहन कलेज चलाउने बहानमा नियम मिच्ने तयारी गरेपछि प्रधानमन्त्री देउवाले अध्यादेशबाट ऐन ल्याएपछि एमालेजनहरूलाई पचेको छैन । एमालेले प्रधानमन्त्री देउवा, डा.गोविन्द केसीले गरेको जनहितको कामलाई माफियातन्त्रसँग जोडेर प्रचार गरिरहेका छन् ।

शैक्षिक अध्यादेशले कम्तिमा दश वर्षका लागि एमालेजनहरूको निद्राहराम भएको छ । उनीहरूले निद्रामा बरबराहट दिइरहेका छन् ।

त्यति मात्रै होइन एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दवाव दिएर शिक्षा विधेयक रोक्ने प्रयास गरेका थिए । चौतर्फी दवाव भएपछि राष्ट्रपति भण्डारीले एक हप्तापछि अध्यादेश स्वीकृत गरेकी हुन् ।

Published : Saturday, 2017 November 11, 7:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया