माधव नेपालको लज्जास्पद हार हुन्छ : कांग्रेस नेता कुइँकेल

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधी सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार दीपक कुइँकेलले कम्युनिष्टहरूको गठबन्धनबाट उम्मेदवार बनेका एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सर्मनाक पराजय ब्यहोर्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै कुइँकेलले माधवकुमार नेपाललाई कुनै पनि हालतमा पराजित गर्ने दावी गरेका हुन् ।

उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर २ का जनताले काठमाडौं छोडेर रौतहट गैसकेको मान्छेलाई फेरि आउँदा बस्न र खान देलान् तर, भोट हाल्दैनन्, जनताले आफ्नो विश्वासपात्र दीपक कुइँकेललाई भोट हाल्छन् ।’ उनले काठमाडौं क्षेत्र नं. २ मा क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको समेत दाबी गरे ।

‘केही मान्छेहरू काठमाडौंका जनतालाई दास सम्झिरहेका छन्, एमाले–माओवादी गठबन्धनले ६० प्रतिशत जित्छौं भनेर हल्लागरिरहेका छन्, अब जनता दास होइनन्, जनता जनार्दन हुन्, जनताले यसपालि देखाइदिन्छन्, माधव नेपालले काठमाडौंका जनतासँगको विश्वास गुमाइसकेका छन्’, उनले भने ।

उनले थपे, ‘रौतहटमा जनताले नपत्याएपछि माधवजी काठमाडौं आउनुभएको छ, अब उहाँलाई कसैले विश्वास गर्दैनन्, साम्यवादको यात्रा गर्नेलाई भोट हाल्दैन् ।’

कम्युनिष्टहरूको गठबन्धनलाई देशैभरिका जनताले भोट नहाल्ने ठोकुवा गर्दै कांग्रेस नेता कुइँकेलले भने, ‘साम्यवाद र अधिनायकवादको यात्रा गर्नेलाई जनताले भोट दिँदैन् ।’

Published : Saturday, 2017 November 11, 6:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया