‘विप्लव’ कार्यकर्ता ‘प्रचण्ड’को पार्टीमा प्रवेश

भरतपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १ सय २३ युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार दिउँसो चितवनको भरतपुरमा आयोजित कार्यक्रममा विप्लवका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा ‘नेकपा’का पोलिट ब्यूरो सदस्य बिराट लामा, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य सरोज भण्डारी, जिल्ला समिति सदस्य राजन तिमिल्सिना, विशाल तामाङ, देवी भुजेल लगायत रहेका छन् ।

माओवादी केन्द्रमा प्रवेश गर्दै अखिल (क्रान्तिकारी)का नेता सरोज भण्डारीले आफूहरू दशैंका खसी बोका नभएको बताए ।

‘हामी कसैका खसी बोका होइनौं, दशैंमा बेच्न राखिएका खसी बोकाजस्तै हामी बेचिन सक्दैनौं’, भण्डारीले भने, ‘एकीकृत जनक्रान्तिका नाममा युवाहरूलाई खसी बोकाझैं बेच्न खोजिदैछ । हामी नेपालमा एउटै कम्युनिष्ट केन्द्र चाहन्छौ, राजनीतिक स्थीरता र समृद्धि चाहन्छौं ।’

Published : Friday, 2017 November 10, 9:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया