‘दाङको विकास खुमबहादुर र बलदेवले गरेका हुन्, कम्युनिष्टले होइन’

घोराही । नेपाली कांग्रेसका नेता तथा दाङ क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजु खनालले दाङको विकासमा सधै कांग्रेसले मात्रै काम गरेको बताएका छन् ।
चुनावी प्रचार–प्रसार कार्यक्रम अन्तर्गत बिहीबार घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुरमा सम्बोधन गर्दै नेता खनालले जिल्लालाई समृद्ध बनाउने काम कांग्रेसले मात्र गर्न सक्ने बताए ।
‘नेपाली काग्रेसकै नेतृत्वको सरकारले दाङको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, सिँचाइका क्षेत्रमा महत्वपूर्ण काम गरेको हो’, उनले भने, ‘कम्युनिष्टहरूले दाङको विकास आफूले गरेको भनेर जनतालाई झुक्याउने काम गरेका छन् ।’
‘दाङ जिल्लाको सम्पूर्ण विकास नेपाली काग्रेसका नेताद्वय खुमबहादुर खड्का र बलदेव शर्मा मजगैँयाको पहलमै भएको हो । कम्युनिष्टहरूबाट दाङको विकासमा योगदान भएको छैन’, खनालले भने ।
‘कम्युनिष्ट पार्टीको नेता हौँ भन्नेहरूले दाङलाई चुनाव लड्ने र सत्तामा पुग्ने भ¥याङ मात्र बनाइरहेका छन्’, खनालले भने, ‘टुरिष्ट नेताहरूले दाङको विकास कसरी गर्छन् ?’ उनले अहिले आएर विकास गरे भन्नु दाङका जनतालाई ठग्नु मात्रै भएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत