सिंगो गाउँ कांग्रेसमा प्रवेश, लेखकले पुल बनाएपछि कुतियाकबर कांग्रेसको किल्ला

महेन्द्रनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को कुतियाकब पूरै गाउँ नै नेपाली कांग्रेसमा समाहित भएको छ ।

कांग्रेसका प्रभावशाली नेता एवं यो क्षेत्रका निवर्तमान सांसद रमेश लेखकले कष्टकर जीवन विताइरहेका नागरिकका लागि पुल बनाइदिएपछि पूरै गाउँले कांग्रेसी बनेका हुन् ।

कञ्चनपुर ३ अन्तर्गत पर्ने महाकाली नगरपालिका– १० को कुतियाकबर भन्ने गाउँका ३९ घरधुरी पुरै कांग्रेसमा प्रवेश गरेका हुन् ।

आफ्नो क्षेत्रका सांसद रमेश लेखकले कुतियाकबर जोड्ने पुल बनाएको भन्दै उनलाई भोट हालेर पुनः जिताउने निर्णय गरेका गाउँलेहरुलाई विहीबार रमेश लेखकले सदस्यता प्रदान गरे । लेखक आसन्न निर्वाचनमा कञ्चनपुर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

२०७० को निर्वाचनमा लेखकसमक्ष कुतियाकबरबासीको एउटै माग थियो– बाल बच्चालाई स्कुल पठाउन साहै गाह्रो भयो । पुन बनाइदेउ । लेखकले पनि बनाउने प्रतिबद्धता जनाएका थिए ।

पुलको अभावमा वर्षायाममा ६ महिना नदी तर्न नसक्दा त्यहाँका विद्यार्थी ६ महिना मात्र स्कुल पढ्न पाउथे ।

तिनै कुतियाकबरबासीले रमेश लेखकले प्रतिबद्धता पूरा गरेको भन्दै स्वागत मात्रै गरेनन मत दिने सामूहिक निर्णय गरेका छन् ।

Published : Thursday, 2017 November 9, 2:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया