आरजु राणा सडकमा आएपछि एमाले–माओवादीका कार्यकर्ता हराए !

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले सुदूरपश्चिमलाई सुनको टुक्राको रुपमा विकास गर्ने बताएकी छन् ।

नेपाली कांग्रेसकै नेतृत्वमा सुदूरपश्चिमलाई समृद्ध बनाउने प्रतिबद्धता गर्दै उनले प्रदेश ७ लाई सुन जस्तै बहुमूल्य बनाउने बताइन ।

प्रदेश ७ को भुगोल र जनसंख्या समेत मिलेको भन्दै उनले सानो भूगोल र थोरै जनसंख्या भएकोले पनि समृद्ध बनाउनका लागि सहज हुने उनको तर्क छ ।

कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरिसकेपछि उनले स्थानीय स्रोतको उपयोगबाटै प्रदेश ७ का जनताको जीवनलाई सहज बनाउन सकिने नेतृ राणाले बताइन ।

यसैबीच नेतृ राणाले एमाले–माओवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउने बताएकी छन् ।

राणाले उम्मेदवारी दिन जाने क्रममा कैलालीमा वाम गठबन्धनका नेता कार्यकर्ता सडकमा देखिएका थिएनन् । चारैतिर कांग्रेसका कार्यकर्ता मात्रै देखिएको कैलाली कांग्रेसका सभापतिले दाबी गरेका छन् ।

Published : Thursday, 2017 November 2, 9:50 pm

2 प्रतिकृया प्राप्त “आरजु राणा सडकमा आएपछि एमाले–माओवादीका कार्यकर्ता हराए !”

  • Kati sudar anuhar dhapakkai baliraheko jewanma kahilai dukha napayeko jasto sadhai nepalko mutu KATHMANDU mai baseko ekasi parilokbata ayera hami DHANGADHI wasiko agadi yahi nai timiharuko maharani ho an sabai DHANGADHI ma ramrai huncha tarraki garcha …. K wahan lai garibi k ho thaha cha dhulo NATO khanubhyeko cha paisa ra garibiko karanle ek garib balikako Juan gyeko dekhnu BHAI cha .tapye hamro dukha k bujnuhola?notele boat kinna matrai saknu huncha hami janta bichara k mai garna sakchou ra?yespali jeetna Ali apthyaro parcha jasto cha lagbhag 30 karod jati kharchha aucha jasto cha ani JEET chahin pakkai tapayeko agadi kohi garibka choral tikfainan LA hajur jeetko agrim subhakamana.

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया