सुनसरी घटनाको विरोधमा प्रदर्शनकारीले जनकपुरमा प्रधानमन्त्रीका सल्लाहकारको तस्बिर जलाए
जनकपुर । सुनसरी घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का सल्लाहकार असिम शाहको तस्बिरलाई च्यात्नुका साथै जलाएका छन् ।
जनकपुरधाममा प्रदर्शनमा उत्रिएका स्थानीयहरूले प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध पनि नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री शाहका सलाहकार असिम शाहको तस्बिर जलाएर विरोध जनाएका छन् ।
सुनसरीको देवानगञ्जमा २४ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको र ९ जना गोली लागेर घाइते भएपछि देशका विभिन्न जिल्ला र स्थानहरूमा प्रदर्शन भएका छन् ।
प्रदर्शनकारीले सुनसरीमा सुरक्षाकर्मीले घाइतेहरूलाई ताकेर गोली हानेको आरोप लगाएका छन् । हिन्दू सम्राट सेनाका युवाहरूले जनकपुरको रामानंद चौकमा विरोध प्रदर्शन गरेको जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया