माओवादीका पूर्वगृहमन्त्री र राज्यमन्त्रीलाई हराउन ‘बागी’

काठमाडौं । एमाले–माओवादी केन्द्रले विद्रोही उम्मेदवारहरूको सामना गर्नु पर्ने भएको छ ।

वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पूर्वगृहमन्त्री शक्ति बस्नेत जाजरकोट र पूर्वगृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठविरुद्ध रामेछापमा उम्मेदवारी परेको हो ।

जाजरकोटमा बस्नेतविरुद्ध राप्रपाबाट एमाले प्रवेश गरेका पूर्वसांसद गोबिन्दबिक्रम शाहले उम्मेदवारी दर्ता गराएका छन् । रामेछापमा श्रेष्ठविरुद्ध पूर्वसांसद रहेकी माओवादी नेतृ लक्ष्मी गुरुङ उम्मेदवार बनेकी छन् ।

बस्नेत एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए । श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री रहेको थिए । अहिले उनी विनाविभागीय बनेका छन् ।

एमालेले पाएको जाजरकोट (क) मा पुनः माओवादीलाई दिइएपछि माओवादी केन्द्रका गणेशबहादुर सिंहविरुद्ध एमालेका निरज आचार्यले उम्मेदवारी दिएका छन् ।

एमालेले पाएको रामेछाप (क) मा माओवादी केन्द्रका हेमन्त पौडेलले उम्मेदवारी दिएका छन् । रामेछाप (ख) मा पनि माओवादीकै मैनकुमार मोक्तानले वागी उम्मेदवारी दिएका छन् ।

प्रदेश सभाका दुवै सिट एमालेले पाएको रामेछापमा (क) बाट एमालेका शान्ति पौडेल र (ख) मा कैलाश ढुङ्गेलले साझा वाम उम्मेदवारका रुपमा उम्मेदवार दर्ता गराएका छन् ।

पूर्व गृहमन्त्री बस्नेतलाई प्रतिनिधि सभामा आफ्नो टिकट सुरक्षित गराउनकै लागि जाजरकोटमा प्रदेश सभाका दुवै सिट एमालेलाई दिइएको भन्दै जाजरकोट माओवादीभित्र असन्तुष्टि चुलिएको थियो ।

यही असन्तुष्टिका बीच एमालेले पाएको (क) निर्वाचन क्षेत्र पुन माओवादीलाई दिएपछि प्रतिनिधि सभाका बस्नेतविरुद्ध शाह र सिंहविरुद्ध आचार्य उम्मेदवार बनेका हुन् ।

Published : Monday, 2017 October 23, 7:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया