वाम गठबन्धनसँग भिड्ने यस्ता छन् कांग्रेसका उम्मेदवार (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसले १० मंसिरमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारहरु तय गरेको छ । एमाले–माओवादी गठबन्धनले शुक्रबार साँझ उम्मेदवारको सूची टुङ्ग्याएको थियो ।

३२ जिल्लाका उम्मेदवारको सूची तय गर्दा कांग्रेसले गोरखा २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर राणालाई समेटेको छ ।

यी दुई क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार नदिएर भट्टराई र राणालाई सहयोग गर्नेछ । गोरखा १ र सिन्धुपाल्चोक १ मा नयाँशक्ति र राप्रपाले कांग्रेस उम्मेदवारलाई सहयोग गर्नेछन् ।

कांग्रेसले छलफल जारी रहेको भन्दै रसुवा र मुस्ताङमा अझै उम्मेदवार तय गरेको छैन ।

यस्तो छ कांग्रेसका उम्मेदवारको सूचीः

ताप्लेजुङः केशव दाहाल
संखुवासभाः दीपक खड्का
भोजपुरः उमेशजंग रायमाझी
खोटाङः सरस्वती बजिमय
सोलुखुम्बुः बलबहादुर केसी
ओखलढुंगाः रामहरि खतिवडा
सिन्धुपाल्चोक–१ः मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक–२ः पशुपतिशम्शेर राणा (राप्रपा प्रजातान्त्रिक)
दोलखाः रुद्र खड्का
रामेछापः कान्छाराम तामाङ
नुवाकोट–१ः डा. रामशरण महत
नुवाकोट–२ः अर्जुननरसिंह केसी

धादिङ–१ः विश्व अर्याल
धादिङ–२ः दिलमान पाख्रिन
लमजुङः दिलबहादुर घर्ती
मनाङः टेकबहादुर गुरुङ
म्याग्दीः खम्वीर गर्बुजा
गोरखा–१ः चीनकाजी श्रेष्ठ
गोरखा–२ः बाबुराम भट्टराई ((नयाँशक्ति)
बाग्लुङ–१ः चम्पादेवी खड्का
बाग्लुङ–२ः निरज पुन
रुकुम पूर्वः गोपालजीजङ शाह
रोल्पाः अमरसिंह पुन
जाजरकोटः राजीवविक्रम शाह
कालीकोटः भूपेन्द्रजंग शाही
हुम्लाः मंगल शाही
जुम्लाः देवेन्द्र शाही
मुगुः हस्तबहादुर मल्ल
डोल्पाः अंगद बूढा
रुकुम पश्चिमः वीरबहादुर ओली
बझाङः पृथ्वीबहादुर सिंह
बाजुराः कबिराज पण्डित
बैतडीः नरबहादुर चन्द
दार्चुलाः विक्रम सिंह

Published : Saturday, 2017 October 21, 6:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया