एमालेको आडमा बुरुक–बरुक गरेका नारायणकाजीलाई बाबुराम हराइदिने

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच गोरखामा कडा प्रतिस्पर्धा हुने भएको छ ।

गोरखा क्षेत्र नम्बर २ निवासी भट्टराई र श्रेष्ठबीच प्रतिनिधि सभाका लागि भिडन्त हुने भएको हो । वाम गठबन्धनको सहमतिअनुसार माओवादी केन्द्रका नेता श्रेष्ठ गोरखा २ बाट उम्मेदवार बन्ने छन् । उनलाई एमालेले साथ दिनेछ ।

संयोजक भट्टराई नेपाली कांग्रेसको समर्थनमा २ नं.बाट प्रतिस्पर्धामा उत्रिन लागेको स्रोतको भनाइ छ । यद्यपि सो विषयमा कांग्रेससँग अझै ठोस सहमति भइसकेको छैन ।

गोरखा क्षेत्र नं. २ मा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई बलियो उम्मेदवारका रुपमा मानिन्छन् । माओवादी केन्द्रका नेता श्रेष्ठ सो क्षेत्रमा कमजोर उम्मेदवारका रुपमा कांग्रेसको पनि ठम्याइ छ ।

हुन त माओवादी केन्द्रले भट्टराईलाई जसरी पनि हराउने रणनीतिमा अहिले देखिनै कसरत सुरु गरिसकेको छ । एमालेको भोट पनि श्रेष्ठलाई जाने भएकाले श्रेष्ठले आफू निकटका नेताहरूसँग जित्छु भनेर भन्न थालेका छन् ।

Published : Saturday, 2017 October 21, 2:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया