एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी

नयाँ दिल्ली । श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तान बिजयी भएको छ । सोमबार राति युएईमा भएको दोस्रो एकदिवसीयमा पाकिस्तानले ३२ रनको जित निकालेको हो ।

शेख जायद स्टेडियममा पाकिस्तानले दिएको २२० रनको लक्ष्य पछ्याएको श्रीलंका ४८ ओभरमा अलआउट हुँदै १८७ रनमा समेटियो । यो जितसँगै पाकिस्तानले ४ खेलको एकदिवसीय क्रिकेट सिरिजमा २ – ० को अग्रता बनाएको छ । तेस्रो खेल बुधबार हुनेछ ।

पाकिस्तानले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा श्रीलंकाका कप्तान उपुल थरंगाले शतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । थरंगाले १४४ बलको सामना गर्दै १४ चौकासहित ११२ रन बनाए । त्यसबाहेक श्रीलंकाका अन्य ब्याट्सम्यान चल्न सकेनन । उसका जेफ्रेए भण्डरसे २२ तथा लाहिरु थिरिमानेले १२ रन जोडे ।

श्रीलंकालाई सस्तैमा समेट्न पाकिस्तानका शादब खानले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २१९ रन बनाएको थियो । पाकिस्तानका बाबर आजमले १०१ रनको शतकीय पारी खेले । उनले १३३ बलमा ६ चौका प्रहार गरे ।

आजमको यो लगातार दोस्रो शतक हो । २३ वर्षीय युवा ब्याट्सम्यान आजमले पहिलो खेलमा पनि १०३ रन बनाएका थिए । आजमको यो करियरको सातौं एकदिवसीय शतक हो । त्यस्तै शादब खानले अविजित रहदै ५२ रनको योगदान दिए । श्रीलंकाका लाहिरु गमागेले ४ तथा थिसारा परेराले २ विकेट लिए । – एजेन्सी

Published : Tuesday, 2017 October 17, 7:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया