नवलपरासीमा अन्तर्राष्ट्रिय कुस्ती

नवलपरासी । नवलपरासीमा जारी ४६ औँ अन्तराष्ट्रिय कुस्ती (दंगल ) प्रतियोगीताको उपाधि भारतले जित्न सफल भएको छ । भारत आजमगढका जितेन्द्र चौहान पहलवानले उपाधि जित्न सफल भएका हुन् ।

यसैगरी द्वितीय पुरस्कार दुई जना भारतकै खेलाडीले पाउन सफल भएका छन् । द्वितीय पुरस्कार भारत कमाशेका पहलवान राजन मिश्रा र भारत महाराजगंज अनि शैलेश पहलवानले बीच खेल बराबरी हुँदा संयुक्त रुपमा पाउन सफल भएका हुन् ।

बिजयी प्रथम पहलवानले नगद २१ हजार र द्वितीय हुने पहलवाहरुले ११ हजार सहित मेडल प्रमाण प्राप्त गरेका गरेका छन् । विराट दगंल (कुस्ती) ब्यवस्थापन समिति रामग्राम नवलपरासीद्वारा आयोजित प्रतियोगितामा बिजयी खेलाडीहरुलाई रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बितरण गर्नुभएको थियो ।

लोकउन्मुख कुस्ती खेलको प्रबर्द्धनका लागि प्रत्येक वर्ष नेपाल र भारतका पहलवानहरुबीच प्रतियोगिता गर्दै आएको विराट दगंल (कुस्ती) ब्यवस्थापन समिति मिथिलेश अग्रहरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल र भारतका गरी ४० जना पहलवानहरुले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता हरेक वर्ष नवलपरासीमा हुने गर्छ । यस पटकको प्रतियोगीता ४३ औँ अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हो ।

Published : Sunday, 2017 October 8, 8:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया