कांग्रेसले गर्यो नयाँ दावी, विपक्षीहरू झस्किए

काठमाडौं । आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अत्यधिक ठाउँमा विजय हासिल गरी पहिलो दल बन्ने दाबी नेपाली कांग्रेसले गरेको छ ।
आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका बारेमा जानकारी गराउन बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले कम्तीमा एक सय तहमा जित्ने दाबी गरेको छ । असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा स्थानीय निर्वाचन हुँदैछ ।
केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले कांग्रेसले स्थापना कालदेखि अहिलेसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै प्रदेश नं २ को विजयको आधार भएको बताए ।
प्रदेश नं २ का सबै जिल्लाको प्रचारप्रसारमा सहभागी भएर फर्कनुभएका संयोजक लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र आममतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमै कांग्रेस पहिलो हुने विश्वास व्यक्त गरे ।
कांग्रेसले स्थानीयस्तरमा तीन स्थानीय तह (गौर, मिथिला र निजगढ नगरपालिका)मा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसँग चुनावी तालमेल गरेको छ ।
मधेसीलगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग र समुदायका नागरिकको भावनालाई समेटेर संविधानलाई अझ स्वीकार्य बनाउने सन्दर्भमा कांग्रेसले लिएको कदम पनि निर्वाचन जित्नमा सहयोगी हुने उनको भनाइ थियो ।
‘मधेशी जनतासहित सबैको भावनालाई समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन र मुुलुकलाई समृद्धिको दिशामा लान ल्याइएको संविधान संशोधन प्रस्ताव प्रमुख प्रतिपक्षी दल एमालेका कारण असफल हुनपुग्यो’, नेता लेखकले भने, ‘यसले कांग्रेसले मधेश र मधेशी जनताको हितमा काम गरेको र एमालेले विरोधमा काम गरेको अनुभूति स्थानीय बासिन्दालाई भएको छ ।’
नेता लेखकले कांग्रेसले अहिलेसम्म भएका उपलब्धिका रूपमा आएको संविधानलाई कार्यान्वयन गर्न गरिएको स्थानीय चुनावमा सबै राजनीतिक दललाई संलग्न गराउने वातावरण तयार पारेको पनि उल्लेख गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत