सिलवालविरुद्ध ‘एक्सन’मा प्रहरी मुख्यालय, जेल हाल्ने तयारी

काठमाडौ । ‘चेन अफ कमाण्ड’ र पदीय मर्यादा विपरितका गतिविधि गर्दै आइका डिआइजी नवराज सिलवालको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेर नेपाल प्रहरीको गरिमा बढाइदिएको छ ।
प्रहरीको नियमावली र मन्त्रिपरिषदको विशेषाधिकारलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका सिलवाललाई यो फैसला आउँछ भन्ने पूर्वानुमान हुनपर्छ ।
किन भने अहिलेको सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई प्रभावमा पार्न सकिँदैन भन्ने कुरा सिलावलले राम्रोसँग बुझेका थिए ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गरेका आदेशलाई अहिलेका प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको पूर्ण इजलासले कुनै तुक थिएन भनेर उल्ट्याउनुलाई त्यस बेला के भएको रहेछ भनेर स्पष्ट भएको छ ।
नेपाल प्रहरीको चेन अफ कमाण्ड नमानेर आफूभन्दा सिनियर हाकिमहरूको मानपर्दैन गर्दै हिँडेका डिआइजी सिलवालले गलत व्यक्तिहरूको सल्लाह र सुझावका कारण यो हवीगती व्यहोर्नु परेको हो । सिलवालले कहिल्यै पनि सहि सल्लाह पाएनन् ।
आफ्ना व्याजीहरूको विरुद्ध समाचार लेखाएर मानमर्दन गर्नुभन्दा अरु कुनै पनि राम्रो काम उनले गर्न सकेनन् । त्यति मात्रै होइन नेपाली कांग्रेसका सभापति तथा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जनमत सिर्जना गर्न सिलवालले ठूलो भूमिका खेले ।
उनले नेपाली कांग्रेस र सभापति देउवा तथा माओवादी केन्द्रविरुद्ध लगातार खनिन पुगे । डिआइजी सिलवालले अर्को ठूलो गल्ती एमाले अध्यक्ष केपी ओलीको शरणमा गएर ‘मलाई आइजीपी बनाइदिनु प-यो’ भन्ने जस्ता क्रियाकलापले पनि नोक्सानी भएको छ ।
शुम्भु थापा, टीकाराम भट्टराई, भीमार्जुन आचार्य जस्ता वामपन्थी अधिवक्ताहरूले पनि सिलवाललाई कहिल्यै राम्रो सल्लाह दिएनन् । बरु सधै डिआइजी सिलवाललाई उचालेर राज्यसँग लड्न उकासी रहे ।
त्यसको बेफाइदा शम्भु थापा, भीमार्जुन आचार्य र टीकाराम भट्टराईलाई भएन, सिलवाललाई नै बेफाइदा भयो । यदि एमाले र एमालेका नेता तथा शम्भु थापा, भीमार्जुन आचार्य, टीकाराम भट्टराईहरूले डिआइजी सिलवाललाई नेपाल प्रहरीको चेन आफ कमाण्ड मानेर सरकारको निर्णयलाई सिरोधार्य गरेको भए डिआइजीबाट राजीनामा दिने अवस्था आउने थिएन ।
सिलवालले राज्यलाई चुनौती दिएको मूल्य चुकाउनु परेको छ । सिलवालको मुद्दाबाट बरु अधिवक्ताहरू ढाडे विरालो जस्तै गरेर मोटाएका छन् ।
शम्भु थापा, भीमार्जुन आचार्य, टीकाराम भट्टराईहरू ओडारभित्र बसेर सिलवालको पराजयको जस्न मनाइ रहेका छन् । आफ्ना समकक्षीहरूको मिडियाबाट मानमर्दन गरेको मूल्य चुकाउनु परेको छ । नेपाल प्रहरीको अबमूल्यन गरेको मूल्य डिआइजी सिलवालले अहिले आएर चुकाएका छन् ।
कुनै बेला अत्यन्तै शक्तिशाली व्यक्ति हुँभन्दै हिँड्ने गरेका सिलवाले केही सीमित व्यक्तिको उक्साहटको फल भोग्नु परेको छ । ‘पाप धुरीबाट कराउँछ’ भन्ने बुढापाकाहरूको उखान डिआइजी सिलवालका लागि ठ्याक्कै मिलेको छ ।
गुनबहादुर थापा र बसन्त भुजेलको सम्पत्ति मात्रै कब्जा गरेनन् झुठो मुद्दा लगाएर फसाए । कुनै बेला शक्तिशाली व्यक्तिहरू खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जयप्रकाश प्रसाद गुप्ता, गोविन्दराज जोशी, लोकमान सिंह कार्कीहरूको दिन जरी गए त्यसै गरी डिआइजी सिलवालको पनि समय सक्किएको छ ।
अब सिलवालसामु एनजिओ चलाउने र एमालेको राजनीति गर्नुभन्दा अर्को विकल्प छैन । एमालेको झण्डा बोकेर चुनावी प्रचारमा निस्कने तयारीमा छन् उनी । सुरुमा सुशीला कार्कीले परमादेश जारी गरी सिलवालको पक्षमा फैसला गर्दा आफू कानूनी सर्वोच्चता मान्ने प्रहरी अधिकृत भएको बताएका थिए ।
तर, अहिले आफ्नो पक्षमा फैसला नआएपछि हारेर पनि जितेभन्दै बेतुकको विज्ञप्ति जारी गरी सर्वोच्च अदालतलाई चुनौती दिएका छन् ।
राजनीतिक दलका नेताहरूकै शैलीमा एउटा फौजी संगठनको व्यक्तिले विज्ञप्ति जारी गरी राजीनामा घोषणा गर्नुलाई उनी संगठनप्रति कत्ति पनि इमान्दार छैनन् भन्ने कुराको पुष्टि हुन्छ ।
एकातिर उनको राजीनामा स्वीकृत भइसकेको छैन भने अर्कोतर्फ सर्वोच्च अदालतको फैसलालाई उनले गलत अर्थ लगाइ हारेर पनि जितेको भन्दै अदालतलाई चुनौती दिइरहेका छन् ।
राजनीतिक दलका नेताको शैलीमा राजीनामा घोषणा गरेका सिलवाललाई प्रहरी हेडक्वाटरले संगठनको मानमर्दन गरेको, चेन अफ कमाण्ड नमान्नेको जस्ता अभियोगमा तुरुन्त कारबाही गर्नुपर्ने हेडक्वाटरमा कुरा उठेको छ ।
स्रोतका अनुसार गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालले सो विषयमा आन्तरिक परामर्श गरेका छन् । यसअघि अति गोप्य रहने कार्यसम्पादन मूल्यांकनमा कीर्ते गरेको भन्दै डिआईजी सिलवाललाई पक्राउ गरी अनुसन्धान समेत गरिएको थियो ।
तर, सर्वोच्चबाट कुनै कारबाही नगर्नुभन्दै जारी भएको आदेश पनि रिट खारेजसँग निस्क्रिय भएको छ । यसले गर्दा सिलवालमाथि पुनः कारबाहीको ढोका खुलेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
1 प्रतिकृया प्राप्त “सिलवालविरुद्ध ‘एक्सन’मा प्रहरी मुख्यालय, जेल हाल्ने तयारी”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
PATRIKA NAI CONGRES KO MUKH PATRA RAIXA NI?