राणा समूहको बदनामीमा उत्रिए कमल थापा

काठमाडौं । पार्टी विभाजन भएपछि आत्तिएका राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा (प्रजातान्त्रिक) विरुद्ध जोडतोडले मानमर्दन गर्न थालेका छन् ।

अध्यक्ष थापाले पशुपति शम्शेर राणा, दीपक बोहरा र सांसदहरूको उछितो काड्ने गरेका हुन् । सामाजिक सञ्जालमा थापाले राप्रपा (प्रजातान्त्रिक)विरुद्ध अन्टसन्ट लेख्ने गरेको आरोप छ ।

अध्यक्ष थापाले दीपक बोहराको बद्नाम गराउन आफ्ना भातृसंगठनहरूलाई समेत प्रयोग गरेको आरोप छ । मंगलबार आफ्ना भातृसंगठनका २०/२५ जना नेताहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घेर्न पठाएर मनको शान्ति लिएका छन् ।

राप्रपा अध्यक्ष थापाले बोहरालाई भ्रष्टाचार आरोपमा कारबाहीका लागि दवाव दिँदै आएका छन् । राणा भने थापाले जस्तो नेता र सांसदहरूको मानमर्दनमा उत्रिएका छैनन् ।

राप्रपा (प्रजातान्त्रिक)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा लगेपछि अताल्लिएका कमल थापाले तत्काल विज्ञप्ति जारी गरेर मन्त्रिपरिषद विस्तार नगर्न र खारेजको माग गरेका थिए ।

अहिले राप्रपा अध्यक्ष थापा अन्य विषयमा भन्दा पनि राप्रपा (प्रजातान्त्रिक)लाई कसरी निचा देखाउन सकिन्छ भनेर सक्रिय भएको आरोप राणा समूहले लगाएको छ ।

राप्रपा(प्रजातान्त्रिक)ले मन्त्रीमा सिफारिस गर्दा समावेशी नगरेको भनेर पार्टीभित्र आलोचना खेपी रहेका बेला अध्यक्ष थापाले त्यसको मौका छोपेर राणा समूहमाथि प्रहार गरेको आरोप छ ।

अध्यक्ष राणाले दुई राज्यमन्त्रीलाई समावेशी रुपमा सिफारिसको तयारी गरेको स्रोतको भनाइ छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

Published : Thursday, 2017 September 14, 7:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया