ललितपुर कांग्रेसमा चार सदस्य मनोनीत

ललितपुर । नेपाली कांग्रेस ललितपुरले जिल्ला कार्यसमिति चारजनालाई सदस्यमा मनोनीत गरेको छ ।
जिल्ला सभापति मदनबहादुर अमात्यले मीनकृष्ण महर्जन, प्रकाशनन्दन जोशी, नन्दकिशोर शाही र होमप्रसाद घिमिरेलाई सदस्य पदमा मनोनीत गरेका हुन् ।
घिमिरे आमन्त्रित सदस्यका रुपमा रहने छन् । सभापति अमात्यले उनीहरूलाई सोमबार सदस्यमा मनोनीत गरेका हुन् ।
सदस्यमा मनोनीत मीनकृष्ण महर्जनले जिल्ला कार्यसमितिले दिने जिम्मेवारीलाई झन् जिम्मेवारीका साथ बहन गर्ने दायित्व थपिएको प्रतिक्रिया दिए ।
‘ललितपुर कांग्रेसलाई सांगठनिक रुपमा झन् बलियो बनाउने दायित्व थपिएको छ’, महर्जनले भने, ‘पार्टीले गरेको विश्वासलाई खेर जान दिने छैन ।’
महर्जन ललिपुतर जिल्लाको क्षेत्र नंं. १ मा लोकप्रिय युवा नेताका रुपमा परिचित छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत