उपलब्धी रक्षाका लागि एमालेको पराजय अनिर्वाय छ : कांग्रेस

जनकपुरधाम । नेपाली कांग्रेसका नेताहरूले दुई नं. प्रदेशबाट एमालेलाई पराजित गर्नै पर्ने बताएका छन् ।
जनकपुरधाममा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै नेताहरूले संघीयताको रक्षाका लागि एमालेको पराजय अनिवार्य रहेको बताएका हुन् । उनीहरूले एमाले संघीयता र गणतन्त्र विरोधी पार्टी भएको आरोप लगाए ।
‘एमालेलाई जसरी पनि २ नम्बर प्रदेशमा पराजित गर्नु पर्छ’, कांग्रेस नेताहरूले भने, रूले भने, ‘संघीयता बचाउन नेपाली कांग्रेसका पक्षमा मतदान गर्नुपर्छ । होइन भने अहिलेसम्मको सबै उपलब्धि गुम्छ ।’
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले संघीयता विरोधी भएकै कारण संविधान संशोधनको विपक्षमा उभिएको आरोप लगाए । उनले भने, ‘एमाले संघीयताको पक्षधर थियो भने उसले संविधान संशोधनको विरोध नै गर्ने थिएन ।’,
उनले भने, ‘मधेसका जनतालाई अधिकार दिन विरोध गर्नु भनेको संघीयता र गणतन्त्र नचाहानु हो ।’ एमाले राष्ट्र विरोधी दलका रुपमा चित्रित भएको देउवाको आरोप थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी जनताको पक्षमा कांग्रेस सधैँ रहेको बताए । उनले भने, ‘मधेसी जनताको पक्षमा कांग्रेस मात्रै छ । एमाले वा अरु कुनै पनि दल मधेसीको हित चाहँदैनन् ।’
कांग्रेसका नेता विमलेन्द्र निधीले एमालेका नेताहरू चीनमा गएर संघीयता चाँहिदैन भनेर हस्तक्षेप गर्न आग्रह गरेको आरोप लगाए । ‘एमालेका नेताहरूले चीनसँग नेपालको संघीयता हइदिनु पर्यो भनेर हारगुहार गरेका छन्’, उनले भने, ‘चीनमा गएर एमालेका नेताहरूले संघीयताको विरोध गरेको प्रमाण मसँग छ ।’
कांग्रेस नेता निधिले एमालेले पूर्वराजासँग मिलेर गणतन्त्र समाप्त पार्न खोजेको पनि आरोप लगाए । उनले भने ‘एमालेले पूर्वराजासँग मिलेर गणतन्त्र समाप्त पार्न खोज्दैछ ।’
कांग्रेसको चुनावी सभामा उल्लेख्य नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत