‘एमालेलाई मधेसी जनतासँग मत माग्ने अधिकार छैन’

जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसी जनताको लागि कांग्रेस, एमाले र माओवादी केन्द्र सबै दल उस्तै भएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपाल धनुषा शाखाले जनकपुरधाममा आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले प्रमुख तीन दल मधेसी जनताको अधिकारका लागि तयार नरहेका हुन् ।

उनले भने, ‘एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गरेर गल्ती गरेको छ, हुन त एमालेमात्रै होइन, मधेसका लागि ठूला दलहरूले अहिलेसम्म सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन् ।’

यादवले भने, ‘एमाले, कांग्रेस, माओवादी केन्द्र यी तीनै दल मधेसी जनताको लागि उस्तै हुन्, यी पार्टी मधेस विरोधी हुन् । मधेसमाथि दमन गरेका छन्, यिनीहरू सरकारमा हुँदा मधेसी जनताको छातीमा गोली चलाएकै हुन् ।’

अध्यक्ष यादवले प्रमुख प्रतिपक्षी दल एमालेले मधेसमा भोट माग्ने नैतिकता गुमाएको आरोप लगाए । यादवले भने, ‘संविधान संशोधन प्रस्तावको विपक्षमा भोट हालेर एमालेले गम्भीर भुल गरेको छ, त्यसैले उसले मधेसमा भोट माग्ने नैतिकता नै गुमाएको छ ।’

Published : Monday, 2017 September 11, 1:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया