क्लासिक टेकले ल्यायो सस्तो इन्टरनेट

काठमाडौं । ७२ जिल्लामा आफ्नो ईन्टरनेट तथा इन्ट्रानेट सेवाको सञ्जाल पु¥याउन सफल क्लासिक टेक प्रालिले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एमबीपीएस सेवा बजारमा ल्याएको छ ।

विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिमा आधारित फाईबर टु द होम ईन्टरनेट सेवाको माध्यमबाट क्लासिक टेकले ग्राहक वर्गलाई सुपर फास्ट ईन्टरनेट सेवा उपलब्ध गराउन सकेको हो ।

सुपर फास्ट ईन्टरनेटलाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्दश्यका साथ क्लासिक टेकले चाडपर्व अफर बजार ल्याएको छ ।

वार्षिक ग्राहकहरूलाई ६ एमबिपिए सुरु ९१६ प्रतिमहिना, १५ एमबिपिएस रु १०४२ प्रतिमहिना, ३० एम बिपिएस रु १२०८ प्रतिमहिना, ६० एमबिपिएस रु १५२५ प्रतिमहिना र १०० एम बिपिएस अनलिमिटेड रु २९१६ प्रतिमहिनाको दरमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो अफर नेपालभरका विभिन्न १६ वटै शखाहरुमा लागू हुनेछ । साथै सुपर फास्ट ईन्टरनेटसँगै टिभीको मज्जा लिन क्लासिक टेकले डिसहोमको खरिदमा भारी छुटको अफर ल्याएको छ ।

यो अफर क्लासिक टेकको ग्राहकलाई मात्र उपलब्ध हुनेछ । यसका साथै कम्पनीले चाडपर्व मनाउने लक्ष्य लिएर ग्राहक वर्गको घर दैलोमा बिभिन्न कार्यक्रमहरू लिएर जाने योजना बनाएको छ ।

Published : Friday, 2017 September 8, 8:04 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया