नारायणगढ–मुग्लिन सडक खुला

चितवन । नारायण–मुग्लिन सडकखण्ड विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध बनेकामा आज अपराह्न सवा दुई बजेदेखि सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ नौ किमीसम्म साना ठूला १६ ठाउँमा पहिरो खसेका थिए ।
सोमध्ये पाँच किलो नजिकै ठूलो ढुङ्गा खसेपछि पहिरो पन्छाउन समय लागेको थियो । सो ढुङ्गा फोरेर फालिएपछि सडक सञ्चालनमा आएको हो ।
बिहान पहिरो खसेपछि शनिबार साँझदेखि रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन् । उक्त सडकखण्डमा पहिराको जोखिमका कारण राति यातायात आवागमन रोक्ने गरिएको छ ।
Published : Sunday, 2017 September 3, 7:22 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत