जसजसले मोर्चाबन्दी गरेपनि फरक पर्दैन : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले एमालेविरुद्ध जसजसले मोर्चाबन्दी गरे पनि फरक नपर्ने बताएका छन् ।

पार्टी मुख्यालय धुम्रबाराहीमा शनिबार आयोजित २ नं. प्रदेशको भेलामा अध्यक्ष ओलीले एमालेलाई बढार्न कुचो लिएर नआउन सुझाव दिए । उनले २ नं. प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्ने बताए ।

‘एमालेका विरुद्ध सबैभन्दा बढी झुठ र भ्रम फिंजाइएको छ । देशलाई नोक्सान पुगाउन खोजिएको छ’, ओलीले भने, ‘कहिले एमाले निषेध भन्छन्, कहिले कुचो लिएर सडकमा आउँछन् । किन कुचो देखाएको बुझ्नु भएको छ ?’

‘एमालेका विरुद्ध सबैभन्दा बढी झुठ र भ्रम फिंजाइएको छ’, उनले भने, ‘देशलाई नोक्सान पुगाउन खोजिएको छ ।’

‘कहिले एमाले निषेध भन्छन्, कहिले कुचो लिएर सडकमा आउँछन् । किन कुचो देखाएको बुझ्नु भएको छ ? कुचोले आफ्नै घर बढारे हुन्छ, चुनावमा एमालेले भोट ल्याउँछ’, ओलीले भने ।

Published : Saturday, 2017 September 2, 5:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया