अनुदानको रकम हिनामिना गर्ने सचिवसहित तीन जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । महोत्तरीको साविक भरतपुर गाविसमा बाल संरक्षण अनुदानको रकम हिनामिना गरेको आरोपमा तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०६८÷०६९ मा बालबालिकाको पोषण भत्ताबापतको कुल ३ लाख ७ हजार २ सय रुपियाँ हिनामिना गरेको भन्दै आयोगले शुक्रबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले प्रेस विज्ञप्ति जारी गरेर बालबालिकाका लागि निकासा भएको पोषण भत्ता रकम लक्षित वर्गलाई वितरण नै नगरी सचिव कोइरीसमेतले हिनामिना गरेको बताएका छन् ।
तत्कालीन कार्यालय सहयोगी उमाकान्त महतोले आफ्नो पदीय ओहोदाको दुरुपयोग गर्दै तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र जिल्ला विकास समितिको आन्तरिक लेखापरीक्षण शाखाका तत्कालीन सहायक लेखापाल सुरुज साहसँग प्रत्यक्ष मिलेमतो गरी नक्कली भरपाई तयार पारेका थिए ।
उनीहरूले आफैं र अन्य व्यक्तिहरूलाई औँठाछाप लगाउन लगाई कीर्ते भरपाई खडा गरेर पेस्की फछ्र्यौट गराई सरकारी रकम दुरुपयोग गरेको प्रयोगशाला परीक्षण प्रतिवेदनबाट समेत पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले कोइरी, तत्कालीन कार्यालय सहयोगी तथा हाल गौशाला नगरपालिका–४ का वडा सचिव उमाकान्त महतो र तत्कालीन जिल्ला विकास समितिका सहायक लेखापाल तथा हाल भंगाहा नगरपालिकामा कार्यरत अधिकृत सुरुज साहविरुद्ध जनही ३ लाख ७ हजार २०० रुपियाँ बिगो कायम गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया