कांग्रेसले संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रलाई स्वीकार गर्नुपर्छ : नेता भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले पार्टीले संवैधानिक राजसंस्था स्वीकार गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता भण्डारीले सबै दललाई राजसंस्था स्वीकार गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘आफ्नो स्वार्थ भन्दा माथि उठौँ । दलीय स्वार्थभन्दा माथि उठौँ । हाम्रो मातृभूमि नेपाललाई शिरमा राखौँ । बाह्य स्वार्थलाई खेल्ने अवसर नदिऊँ, देशको निर्माण अगुवाइ गर्नुभएको राजा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको एउटा लिगेसी संवैधानिक राजसंस्था रहन सक्छ । यो कुरालाई कांग्रेसले अनिवार्य आत्मसात् गर्नुपर्छ ।’
कांग्रेसले संवैधानिक राजसंस्थासहित वैदिक सनातन धर्मको मूल विचारलाई अघि सार्नुपर्ने बताएका छन् ।
Published : Friday, 2026 July 24, 10:47 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया