न्याय परिषदद्वारा संवैधानिक इजलास गठन

काठमाडौं । न्याय परिषदले संवैधानिक इजलासलाई पूर्णता दिएको छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको अवकाशपछि रिक्त रहेको दुई स्थानमा बुधबार सदस्य सिफरिस गरिएको हो ।

रिक्त स्थानमा परिषदको बुधबारको बैठकले न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र दीपककुमार कार्कीलाई इजलास सदस्यमा सिफारिस गरेको हो ।

यसअघि लामो समयसम्म इजलास गठन नभएपछि चैत १० मा सर्वोच्चले इजलास गठनका लागि परमादेश आदेश नै जारी गरेको थियो ।

अब संवैधानिक इजलासको अध्यक्षमा प्रधानन्यायाधीश गोपाल पराजुली रहनेछन् ।

अन्य चार सदस्यमा वरिष्ठतम न्यायाधशि दीपकराज जोशी तथा न्यायाधीशहरु चोलेन्द्रशमशेर जबरा, ओमप्रकाश मिश्र र दीपककुमार कार्की रहेन छन् ।

Published : Friday, 2017 September 1, 11:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया