इस्लिङटन र हिमालयलाई उपाधि

काठमाडौं । इस्लिङटन र हिमालय इन्जिनिएरिङ कलेजले दोश्रो एसीएचएस अन्तर आईटी थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । इस्लिङटन ब्वाइज र हिमालय गल्र्समा च्याम्पियन बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको ब्वाइज फाइनलमा इस्लिङटनले न्यु समिटलाई २१–१० ले पराजित ग¥यो ।

इस्लिङटनको जितमा निकेश राईले ८ अंक योगदान गरे । उपाधिसंगै इस्लिङटनले २५ हजार नगद पुरस्कार हात पा¥यो भने न्यु समिटले १५ हजार नगदमा चित्त बुझायो ।

गल्र्सको उपाधि भिडन्तमा हिमालयले आयोजक एसियन कलेज आफ हायर स्टडिज (एसीएचएस) लाई ९–३ ले हरायो । हिमालयकी रुबि महर्जनले ५ स्कोर गरिन् । उपाधि विजेता हिमालयले ४ हजार नगद पुरस्कार प्राप्त ग-यो ।

ब्वाइजमा इस्लिङटनका आशिष बस्नेत तथा गल्र्समा हिमालयकी रुबि महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र एसीएचएसका प्रिन्सिपल सविन्द्र महर्जनले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगिताअन्तर्गत ब्वाइजमा १६ तथा गल्र्समा ३ टिम सहभागी थिए ।

Published : Wednesday, 2017 September 20, 8:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया