अधिकांश स्थानमा कांग्रेस अगाडि, एमालेलाई लाग्यो ठूलो झट्का
काठमाडौं । प्रदेश नं २ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई एमाले, माओवादी केन्द्र, फोरम नेपाल, राजपा नेपाल, संघीय समाजवादी फोरमले पछ्याइरहेका छन् ।
बाराको फेटा र बारागढी गाउँपालिकामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । बाराकै देवतालमा भने नेकपा माओवादी केन्द्र अगाडि छ ।
कांग्रेस सिरहाको कल्याणपुर र महोत्तरीको बर्दिबासमा अगाडि देखिएको छ । बर्दिबासमा माओवादी केन्द्रले कांग्रेसलाई पछ्याईरहेको छ । कल्याणपुरमा भने राजपाका उम्मेद्वारले पछ्याइरहेका छन् ।
धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा भने एमालले अग्रता लिएको छ ।
बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा भने माओवादी केन्द्र अगाडि देखिएको छ ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा फोरम नेपाल अगाडि छ भने सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेद्वार अगाडि देखिएका छन् ।
रौतहटको गौर र सिरहाको लाहानमा पनि मतगणना जारी छ । गौरमा एमालेले लिड गरिरहेको छ ।
1 प्रतिकृया प्राप्त “अधिकांश स्थानमा कांग्रेस अगाडि, एमालेलाई लाग्यो ठूलो झट्का”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

थप जानकारी पाई रहु