डा.आरजु राणद्वारा महामन्त्रीको प्रतिवेदनमा निकै उच्चस्तरीय टिप्पणी

डा.आरजु राणा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

# कांग्रेस नेतृ डा.राणाद्वारा केन्द्रीय कार्यसमितिमा राखिएको धारणा जस्ताको त्यस्तै

नेपाली कांंग्रेस भनेको एजेण्डा स्थापित गर्ने पार्टी हो । भावी कार्यक्रम कस्तो हुने ? भावी अर्थतन्त्र कस्तो हुने ? यहाँको समाज कस्तो हुने भन्ने ? महामन्त्रीको प्रतिवेदनमा अलिकति दुरगामी देशलाई हाँक्न सक्ने कुरा मैले देखिन । म अचम्मित भएँ । महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज जस्तो हुन्छ भन्ने रुपमा लिएको थिएँ । तर, राजनीतिक दस्तावेज भन्दा पनि एउटा एनजिओको कार्यक्रम जस्तो लाग्यो । धेरै कार्यक्रम गर्ने । कार्यक्रमको उपलब्धि के हो त ? त्यो क्लियर भएन । मलाई के सुझाव दिन मन लागेको छभने तीन/चार वटा कार्यक्रम गरौँ । ठोस कार्यक्रम गरौँ र त्यसको उपलब्धि के हो ? दुई तीन वटा डिरेक्सनमा हाम्रो पार्टी जानुपर्छ जस्तो लाग्छ । एउटा चाहिँ सुशासन । सुशासनको लागि हामी कति प्रिपेयर छौँ ?

म श्रद्धेय प्रधानमन्त्री शेरबहादुर देउवाजीको धर्मपत्नी ४/५ चोटी उहाँ सँगसँगै के हुन्छ ? भनेर हेर्न पाइयो ।

हाम्रो मन्त्रीज्यूहरू प्रिपेयर नै हुनुहुन्न । मन्त्री भएर जानु हुन्छ । सिक्दा सिक्दै मन्त्रालय पनि गइसक्छ । उहाँहरूले बुझेकै हुँदैन । सबै गइसक्छ ।

हामीले पार्टीभित्र हरेक हरेक मन्त्रालयको के हो ? भनेर बुझ्न पर्छ । मेकानिजम के हो ? के गर्न खोजेको छ ? त्यसको लिङ्क हाम्रो घोषणा पत्रसँग कहाँ छ त ? हामीले घोषणा पत्र खाली त्यो चुनावको लागि मात्रै हो र ? घोषणा पत्रसँग सरकारलाई लिङ्क गर्न जान्नु पर्‍यो । सरकारको नीतिहरू र नियम, कानूनहरू बनाउँदाखेरी हामी सांसद भए पनि, मन्त्री भए पनि कहाँ छ त मेल खाने ? त्यसलाई इँगित गरेर हाम्रो पार्टीले प्रोग्राम बनाउनुपर्छ जस्तो मलाई लाग्छ । अनि मात्रै हाम्रो भोट बैंक बढ्छ । हामी जान्छौँ फिल्डमा एउटा कुरा भन्छौँ । अर्कै कुरा कुरा गरेर जान्छौँ अनि भोट आउँदैन ।

संगठनको विस्तारमा दुइटा कुरा मात्रै गर्नुपर्छ । एउटा कुरा के हो भने ‘प्रशिक्षण, प्रशिक्षण, प्रशिक्षण’ । र, यो नम्बर बढाएर मात्रै केही हुँदैन । मलाई यस्तो जिल्लाहरू थाहा छ जहाँ चाहिँ वडाहरूमा भएका केन्द्रीय सदस्य भएको क्रियाशील सदस्यको संख्याभन्दा कम भोट आएको छ । तपाईहरू सबैलाई थाहा छ होला सायद । त्यस्तो ह्वीम मात्रै बोकेर के काम ? क्रियाशील लिनुभन्दा पहिला अप्लिकेशन (निवेदन) लिनुपर्‍यो । अप्लिकेशन लिएर ओरियन्टेशन हुनुपर्‍यो । नेपाली कांग्रेस भनेको के हो ? किन कांग्रेस बन्ने भनेर ? अनि मात्रै के-के सिकेको आधारमा मात्रै कमिटमेन्ट देखेपछि मात्रै हामीले क्रियाशीलता दिनुपर्छ । अरुले दियो भने हामीले त्यसमा किन दौडिने ? अरु भरखर बनेका पार्टीहरू हो । हाम्रो प्रिन्सपल के हो ? नीति के हो ? हामी के गरेका छौँ भनेर जनताले प्रत्यक्ष देखेको पार्टी हो । जेन्यून काम हुनुपर्‍यो । आफ्नै पार्टीलाई ओपनमा क्रिटिसाइज गर्न छोड्नु पर्‍यो । राजनीति भनेको असहज स्थिति हो । हाम्रो पार्टीको काम के हो ? हामी राजनीतिमा आएर असहज स्थिति हुन्छ भने डराएर बस्नेहरू मैदान छोडेर जानुपर्‍यो । जो म गर्छु भनेर आएको छ उसले ‘वी अग्री टू डिस अग्री’ यो राजनीतिमा लागेर एउटा प्रिन्सपलको पछाडि जाने हो भने अनि मात्रै हाम्रो राजनीति राम्रो हुन्छ । हाम्रो भोट हामी आफैले काटिरहेका छौँ । अरु कसैले हामीलाई हराउन सक्दैन ।

हाम्रो देशमा ज्वलन्त कुराहरू छन् । इलेक्सन कमिशनले ३० प्रतिशत महिला उठाउनै पर्छ भनेको छ । हाम्रो पार्टीको काम के हो ? पछि टर्च बालेर खोज्ने हो कि ? अहिले नै महिलाका लागि कन्स्च्युसी (निर्वाचन क्षेत्र) बनाउन लागिपर्ने हो ? हामीले पनि पहिला पनि लविङ गरेको हो । आवाज उठ्यो कि समानुपातिकमा आयो काम लाग्दैन । हामी कामै लाग्दै नौ होला नि महिला ! हामीलाई लडाउनुस् न त ! महिला/महिलाबीच प्रतिस्पर्धा गर्न एकतिहाई सिटहरू बनाऔँ हामीहरू । त्यसको लागि एक्सरसाइज गरौँ हामीहरू । हामीले भनेपछि अरु पार्टीहरू पनि लाइनमा आउँछन् ।

दलितहरूको लागि पनि आरक्षित कन्स्च्युसी (निर्वाचन क्षेत्र)हरू बनाउनुपर्‍यो रोटेशन बेसमा । उहाँहरू पनि जहिले पनि समानुपातिकमा आउने । समानुपातिकमा एकचोटीभन्दा धेरै नराख्ने राम्रो कुरा हो । हामीले खोज्दा खोज्दा एकदमै जुनियर जुनियर मान्छे आइदिने । मर्न खोजेको मान्छेलाई हामीले राजनीतिमा ल्याएर के हुन्छ ? चान्स दिनुपर्छ तर, एज (उमेर)मा मात्रै होइन । समर्पण र आइडियावापत ।

हामीले दुई तीन वटा च्यालेन्ज हेर्नुपर्नेछ । गभर्नेन्सको च्यालेन्ज कसरी हेर्ने ? गभर्नेन्स कसरी चलेको छ ? हामी कसलाई थाहा छ ? यसको लागि प्रशिक्षण गरौँ न । कति छन् हामीसँग आबद्ध पूर्वकर्मचारीहरू । हामीले सिक्दै सिक्दैनौँ राजनीति गर्ने गभर्मेन्ट चलाउने भनेर इलेक्सन जितेर आउँछ गभर्मेन्ट चलाउँदा फेल खान्छ । किन भने हामीलाई थाहा नै छैन । बरु त्यतातिर पार्टीलाई डोर्‍याउँन ! हाउ टू लर्न गभर्मेन्ट ? सरकार र पार्टीबीचको संमन्त्र जहिले पनि खाल भयो भन्ने कुरालाई म कहाँ लगेर टुङ्ग्याउन चाहन्छु भने पार्टीको घोषणा पत्र र प्रदेशको बनावट र केन्द्रीय समितिको पनि कुन चाहिँ समिति हो ? हामीले एक्सरसाइज गरौँ । इन्टरनेट, सोसल मिडियाले के इम्प्याक्ट गरेको छ ? हाम्रो सोसाइटीमा त्यसमा पनि हामीले धारणा बनाएर अगाडि बढ्ने हो । किन भने हामीले हो त्यसलाई हस्तक्षेप गर्ने ।

ड्यास्पोरामा हरके नेपाल बाहिर गइरहेका छन् । किन गइरहेका छन् ? खाली संसदमा कुरा उठ्छ । सबैका छोराछोरी गए ? के वातावरण बनाएपछि यहाँ बस्छन् ? दुई तीन वटा मूल कुराहरूलाई नेपाली कांग्रेसले लिडरसीप लिएर रणनीति बनाउनुपर्छ । परराष्ट्र नीति उही ठाउँमा छ कि यता उता भएको छ ? हामीले एउटा असाइमेन्ट गर्नुपर्‍यो नि त ! हामी सिरियस हुनुपर्‍यो । हाम्रो देशलाई नवलाइनमा कसरी राख्ने ? वर्ल्ड वार पोलराइज भएको बेलामा हामी बचेर कसरी बस्ने ? यो कुराहरूमा पार्टी एउटा डिरेक्सन लिनुपर्छ ।

(शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद डा.आरजु राणाद्वारा गरिएको सम्बोधन)

Published : Friday, 2023 July 21, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया