मङ्कीपक्स रोग के हो ? कसरी बच्ने ?

मङ्कीपक्सको रोकथाम र नियन्त्रणका लागि जानौं यी कुरा

मङ्कीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । नेपालमा हालसम्म यो रोग नदेखिए पनि विश्वका धेरै मुलुकमा देखापरेकोले आम नागरिकमा सचेतना ल्याउने उद्देश्यले यो जानकारीमूलक सूचना प्रवाह गरिएको हो ।

मङ्कीपक्स रोगका सम्भावित जटिलता

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई निम्न जटिलता हुनसक्छ
१. आँखामा संङ्क्रमण र दृष्टि गुम्नु
२. अन्य जीवाणुको संङ्क्रमण
३. न्यूमोनिया
४. मस्तिष्क ज्वर
५. गर्भ खेर जानु
६. मृत्यु

मङ्कीपक्स रोगका रोकथामका उपायहरू

क. मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
ख. सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पीपीई लगाउने
ग. घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने
घ. नियमित रुपमा साबुनपानीले हात धुने
ङ. मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने
च. सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरू तातो पानी र डिटर्जेन्टले धुने

मङ्कीपक्स रोगका लक्षणहरू के–के हुन् ?

१. ज्वरो आउनु
२. सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु
३. अनुहार, हत्केला र पतलामा डाबरा देखा पर्नु
४. डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनु
५. टाउको, ढाड र मांसपेशी दुख्नु
६. लक्षण १४–२८ दिनसम्म रहन सक्छ र सामान्यतया आफै हराउँछ ।

मङ्कीपक्स रोग कसरी सर्छ ?

सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरूको निम्न कुराबाट सर्छ
थुक, र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दुषित सतह र सामाग्री

निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ

श्वासनली, आँखा, नाक, मुख, काटिएको, टोकिएको वा फुटेको छाला
बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।

Published : Tuesday, 2022 May 31, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया