युरोपियन युनियनको हरियो डलरले यसरी ल्याउँदैछ हिन्दू समाजमा विभाजन

सम्पादकीय

बलात्कार किन बढीरहेको छ ? यसलाई कसरी रोकथाम गर्ने ? यो विषयमा राज्यको ध्यान गएको छैन । संविधानसभाबाट संविधान बनाउँदा यो विषयमा धेरै छलफल भयो । बलात्कार र हिंसा रोक्ने विषयमा रोकथामका उपायबारे केही प्रावधान राखिएन ।

बलात्कार र हिंसाबारेको कानूनी र संवैधानिक व्यवस्था गर्न कथित महिला अधिकारकर्मीले युरोपियन युनियन, पश्चिमा राष्ट्रहरूको दवावमा काम गरे । एनजिओ र आईएनजिओहरूको दवावमा बनेको संविधानमा धेरै विषय पुरुष विरोध छन् । केही कानून महिला विरोधी पनि छन् ।

मिलेर बसेको हिन्दु राष्ट्रलाई क्रिश्चियनहरूको दवावमा हरियो डलरले अहिले आएर समाजमा बिभाजन ल्याउन थालेको छ । संविधान नेपाली समाज र हिन्दु विरोध छ । त्यसको साइड इफेक्ट देखिन थालेको छ ।

बलात्कार र सबै प्रकारको हिंसा रोक्नका लागि पहिला शिक्षामा जोड दिनुपर्छ । नर्सरी देखिनै यौन शिक्षा, विभिन्न खालका हिंसा, बलात्कार र कानूनी प्रावधानका विषयमा बालबालिकालाई सिकाउनुपर्छ । विगतमा यो विषयमा संविधान बनाउनेहरूको ध्यान पुगेन । महिलासम्बन्धी कानून यति धेरै कडा छ कि समाज बिग्रहतिर जाने सम्भावना बढेर गएको छ ।

बलात्कार वा हिंसा गर्नेलाई कारबाही गर्नुपर्छ । तर, सहमतिमा यौनसम्पर्क गर्ने, मन लागेन भने बलात्कारको अभियोग लगाएर थुनाउने कार्य अर्को अपराध हो । फसाउने नियतले बलात्कारको अभियोग लगाउनेलाई पनि दण्ड सजायको व्यवस्था गर्नुपर्छ । अहिलेको महिला कानूनलाई सुधार गर्न पनि सक्नुपर्छ ।

संविधान बनाउन पुगेका कम्तिमा ३० प्रतिशत सांसदहरू ज्ञाननै नभएका थिए भन्दा पनि अनुपयुक्त नहोला । कानून बनाउनेहरूको पढाइ नभए पनि वुद्धि र ज्ञान हुनु जरुरी छ । राज्यको संविधान र कानून बनाउनेहरूले ज्ञान विनाका हुँदा त्यसको असर देशलाई दीर्घकालसम्म पर्नेछ ।

बलात्कार रोक्ने हो भने पहिला शिक्षामा जोड दिनुपर्छ । बालबालिकालाई बलात्कार वा हिंसा गर्दा के सजाय हुन्छ भन्नेबारेमा जानकारी दिनुपर्छ । कानूनको सजाय के हुन्छ ? भन्नेबारेमा जानकारी गराउनुपर्छ । बलात्कार भयो वा हत्या भयो भन्दैमा पक्राउ गरेर सजाय दिँदैमा यो रोकिने वाला छैन । स्कुलमा पढ्दै गरेका बालबालिकालाई बलात्कार र हिंसा गर्दा के हुन्छ भन्नेबारेमा थाहै छैन । कतिपय कुरा अञ्जानमा भएका हुन्छन् ।

हाम्रो कानूनले महिलाले आरोप लगाउनेवित्तिकै पहिला पक्राउ गरेर थुन्छ । त्यसपछि अनुसन्धान गर्न थाल्छ । थुन्नेवित्तिकै व्यक्तिमा त्यसको असर कस्तो पर्छ ? सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।

२४ दिन हिसारतमा बसेर निस्कने वा कारागार चलानपछि सफाइ पाएर बाहिरिने व्यक्तिलाई के हुन्छ ? यो विषयमा ध्यान दिन जरुरी छ । बलात्कार रोक्न सबैभन्दा पहिला पठ्य पुस्तकमा सुधार गर्नुपर्छ । जनचेतना पनि फैलाउनुपर्छ ।

Published : Thursday, 2021 February 18, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया