कांग्रेस नेता बस्नेतद्वारा बाह्रबिसे- ३ मा स्वास्थ्य चौकी तथा प्रसुति केन्द्रको भवनको उद्घाटन
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य चौकी तथा प्रसुति केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
बुधबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ३ स्थित स्वास्थ्य चौकी तथा प्रसुति केन्द्रको नवनिर्मित भवनको नेता बस्नेतले उद्घाटन गरेका हुन् । प्रसुति र स्वास्थ्य उपचारका लागि आउने सर्वसाधारणलाई नयाँ भवनबाट सेवा दिन सहज हुने नेता बस्नेतले बताए ।
कार्यक्रममा कांग्रेस नेतृ मसिना खड्का, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
शहीद गंगालाल हृदय रोग केन्द्र, बीर अस्पताल, प्रसुति गृह अस्पतालका अनुभवी चिकित्सकहरूसहितका स्वास्थ्य शिविर पनि राखिएको थियो । शिविरमा स्थानीयले स्वास्थ्य सेवा लिएका थिए ।



बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया