अमेरिकाको अनुदान सहयोगमा लुम्बिनी संग्रालय संरक्षण परियोजना शुरु
लुम्बिनी । लुम्बिनी संग्रहालय संरक्षण परियोजना शुरु गरिएको छ । संग्रालयको अमेरिकी राजदूतावासको सार्वजनिक मामिला प्रमुख माइक हार्करले बुधबार परियोजना शुरु गरेका हुन् ।
लुम्बिनी विकास कोष र पुरातत्व विभागका प्रतिनिधिहरूको उपस्थितीमा प्राचीन कलाकृतिहरूको अमूल्य संग्रह संरक्षण र दस्तावेजीकरण गर्ने उदेश्यले एम्बासडर फण्ड फर कल्चरल प्रिजरभेसनको करिब सवा तीन करोड रुपियाँ अनुदानमा संग्रालय शुरुवात गरिएको छ ।
संग्रालय परियोजनाका अवसरमा अमेरिकी दूतावासको सार्वजनिक मामिला प्रमुख माइक हार्करले संग्रालयले स्थानीय र अन्तर्राष्ट्रिय विज्ञहरूलाई लुम्बिनी र वरपरका स्थलहरूका कलाकृतिहरू अध्ययन र संरक्षणमा महत्वपूर्ण टेवा दिने बताए । उनले पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला पनि स्थापना गरिने बताए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख प्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका वरिष्ठ निर्देशक ज्ञानिन् राई, बुद्ध फाउण्डेशनका निर्देशक आस्था थापाले संग्रालयले पुरातात्विक अध्ययनमा ठूलो योगदान गर्ने बताए ।
परियोजनाले नेपालको समृद्ध सम्पदालाई आगामी पुस्ताका लागि सुरक्षित र सुनिश्चित गर्दै सांस्कृतिक संरक्षणमा सीपहरू सुदृढ गरी तालिम लगायतका कार्यक्रमहरू पनि समावेश गरिएको छ ।
२००३ देखि अमेरिकी दूतावासले नेपालभर सांस्कृतिक संरक्षणलाई अगाडि बढाउँदै लुम्बिनीमा पनि संग्रहालय स्थापना गरिएको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया