कांग्रेस नेता बस्नेतद्वारा त्रिपुरासुन्दरी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन
पिस्कर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
मंगलबार त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्करस्थित त्रिपुरासुन्दरी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको नेता बस्नेतले उद्घाटन गरेका हुन् ।
नेता बस्नेतले कांग्रेसले स्थानीय निर्वाचनमा जितहासिल गरेको त्रिपुरासुन्दरी गाउँपालिकाको सप्ताहव्यापी उद्घाटन कार्यक्रमअन्तर्गत मोटरेबल पुल, वडा कार्यालय, स्वास्थ्य चौकी लगायत विकास निर्माणका कार्यहरूको अवलोकन निरीक्षणसहित उद्घाटन गर्ने क्रममा प्रशासकीय भवनको उद्घाटन गर्न पाँउदा अत्यन्तै खुसी लागेको बताएका छन् ।
कांग्रेसको नेतृत्व रहेको त्रिपुरासुन्दरी गाउँपालिकाको विकास निर्माणका क्षेत्रमा भएको उल्लेख्य प्रगतिको नेता बस्नेतले बधाई दिएका छन् । उनले मोटरेबल पुल, वडा कार्यालय, स्वास्थ्य चौकी लगायत विकास निर्माणका कार्यहरूको अवलोकन निरीक्षणसहित उद्घाटनको अवसरका निमित्त सिङ्गो गाउँपालिका परिवार लगायत स्थानीय जनसमुदायप्रति आभार व्यक्त गरेका छन् ।







बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया