कांग्रेस र एमालेले स्थितरका लागि सरकार बनाएका छौं : गृहमन्त्री लेखक
वीरेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि दुई ठूला दलहरू मिलेर समस्या समाधान गरेको बताए । कांग्रेस र एमाले मिलेर संविधान बनाएको उनले बताए ।
उनले भने, ‘यो सरकार केही मानिसहरूलाई मन्त्री बनाउन र सरकार बनाउँनका लागि मात्र सरकार बनेको हैन । ६८ वर्षमा ७ वटा संविधान बनाउने विश्वका विरलै मध्ये एक नेपाल हो । धेरै संविधान बनाउनु भनेको देश अस्थिर हुनु हो । हामी स्थितरका लागि सरकार बनाएका छौं ।
उनले शान्ति सुरक्षा, लोकतन्त्र प्रवाह हुनपर्ने् सेवाको स्थिति सुदृढ गर्न कुनैपनि सम्भझौता नहुने र सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया