आईजीपीद्वारा पाँच जना प्राविधिक एसएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ५ जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूमा डा.केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय, डा. सुवर्ण कुँवर र श्यामकुमार मण्डल रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया